काठमाडौंमा ब्यूटी पार्लर खोल्दै हुनुहुन्छ, हेर्नुस् कस्ता सामान र कति पैसा लाग्छ ?




काठमाडौं । के तपाई ब्यूटी पार्लर सञ्चालन गर्ने सोचमा हुनुहुन्छ ? यदि ब्यूटी पार्लर सञ्चालन गर्ने सोच बनाउँनु भएको छ भने, के कती खर्च लाग्छ भन्नेकरा सबैभन्दा पहिला आउँछ ।

आज हामी तपाईलाइ एउटा सामान्य ब्यूटी पार्लर खोल्न कति लाग्छ ? र के कस्ता सामानहरुको आवश्यक पर्छ त्यसको बारेमा बताउन गहिरहेका छौँ । यो जान्नको लागि तपाईले पुरै लेख पढ्नु पर्ने हुन्छ ।

१३ वर्षदेखि चावहिलमा ‘चार्मस बिउटी केयर’ सञ्चालनगर्दै आएकी तारा थापरका अनुसार एउटा साधारण ब्यूटी पार्लर सञ्चालन गर्नको लागि कम्तिमा १ लाख रुपैयाँसम्मको खर्च लाग्ने गर्छ ।

यसरी सामान्य ब्यूटी पार्लर सुरुगर्दा एउटा थ्रेडिङ चियर, फेसियल बेड, सावर, कटिङ चियर र स्टिर चाहिने गर्छ । यी सबै सामाग्री बिना एउटा पार्लर सञ्चालन गर्न असम्भव हुने थापर बताउँछिन् ।

उनको भनाइमा ब्यूटी पार्लर सुरु गर्न ३ वा ६ महिनाको कोर्ष लिएर मात्र हुँदैन त्यसमा पोक्त हुनको लागि कम्तिमा पनि १ वर्षसम्म कुनै पार्लरमा काम गरेको हुनुपर्छ ।

यसरी अरुकै पार्लरमा काम गरेमा पछि मात्र आफ्नो ग्राहकलाई रिजाउन सक्ने हुन सकिन्छ । पार्लरमा धेरै प्रकारका क्रिम तथा कस्मेटिक सामानहरु प्रयोग गर्नुपर्ने हुँदा त्यसको खर्चलाइ पनि मेन्टेन गरेर अघि बढ्नु पर्ने हुन्छ । पहिला सबै कुरामा पोक्त नभइ कुनै काम गर्दा घाटा पनि हुन सक्ने थापरको भनाइ छ ।

१५ वर्ष देखि सञ्चालन हुँदै आएको ‘डिज्नी ब्यूटी पार्लर’की कर्मचारी रमा पराजुली एउटा पार्लर खोल्को लागि ३ लाख जती बजेट छुटाउनु पर्ने बताउँछिन् ।

पार्लर सुरुवात गर्दा डेकोरेसनका सामान, क्रिम, मिरर तथा पार्लरमा प्रयोग हुने सामानहरु आवश्यक पर्ने हुँदा खर्च मेन्टेन गर्न सक्ने हुनुपर्ने पराजुलीको भनाइ छ ।

पार्लर सञ्चालन गर्दा ग्राहक कम आएमा र आफुले गर्ने काम राम्रो हुन नसकेमा समस्या आउने हुँदा यसको लागि पहिला २ वर्ष जति अरु कुनै पार्लरमा काम गरि सिक्न जरुरी हुने पराजुलीको भनाइ छ ।

आजभोलिको ट्रेन्ड बदलिदै आएको हुँदा कलर र फेसियलका ग्राहकहरु बढि आउने भएकाले यस्ता कामहरु सफाइका साथ गर्न सक्नु पर्ने उनले बताइन् ।

‘यस ब्यूटी पार्लर’की सञ्चालक सुलोचना थापा मगर एउटा पार्लर खोल्न कम्तिमा पनि ५ लाख सम्मको बजेट छुटाउने सल्लाह दिन्छिन् । पार्लर सुरु गर्दा क्वालीटि र डिलीङमा समस्याहरु आउने हुँदा कम्तिमा २ देखि ४ वर्ष अरुको पार्लरमा काम गरी आफ्नो सिप आर्ज गर्नु उपयूक्त हुने उनको भनाइ छ ।


क्लिकमान्डु