तपाईको स्मार्ट फोन ड्यामेज हुन सक्छ, यी ५ काम भुलेर पनि नगर्नुस्



काठमाडौं । एन्ड्रोइड स्मार्टफोनलाई कसरी प्रयोग गर्ने ? यो कुरा लगभग सबै जसो स्मार्टफोन प्रयोग कर्ताहरुलाई राम्रोसँग थाहा छ । तर, फोनलाई प्रयोग गर्दासँग जोडिएका केही यस्ता टिप्सहरु पनि छन् जसको प्रयोग गर्नाले फोनको स्पिड र बैटिङ दुबै राम्रो हुन सक्छ ।

फोन प्रयोग गर्दा हुने केही गल्तिहरु जसलाई आज हामी तपाई लाई जानकारी गराउँन गहिरहेका छौ । यसमा भएका केही गल्तिहरुत यस्ता पनि छन् जसलाई लगभग सबै प्रयोगकर्ताहरुले गर्ने गर्छन् ।

अन्सोर्स एपदेखि बच्नुहोसः तपाई हामी मूल्य पर्ने एप नकिनी फ्रि एप डाउनलोड गर्ने गर्छौ । यसरी अन्जान सोर्सको एपहरु डाउनलोड गर्दा तपाईको फोनमा भएका डाटाहरु चोरी हुने सम्भावना बढी हुन्छ ।

ब्याकग्राउन्ड एप घरी घरी बन्द गर्नुः ब्याकग्राउन्ड एप घरी घरी बन्द गर्नाले तपाईको फोनको र्याममा असर पर्न सक्छ । बन्द गरिएको एप फेरी सञ्चालन गर्दा सुन्यबाट सुरु हुने हुनाले सबै डाटा फेरी स्टोर गर्नु पर्ने हुन्छ । यसका कारण ब्याट्रिमा पनि भार पर्ने गर्छ ।

एन्टी वायर इन्सर्टः एन्टी वायर इन्सर्ट गर्नाले फोनलाई स्लो बनाउँछ । यसले प्रोसेसरको स्पिडमा पनि असर पुराउने गर्छ । फोनमा रहेको सेक्युरिटीले पनि काम गर्न नसक्ने हुन सक्छ । फाइललाई धेरै स्क्यान गर्नाले फोनको ब्याट्री धेरै खर्च हुनसक्छ ।

ब्याट्री सेभर्स एपदेखि बच्नुहोसः ब्याट्रि सेभर्स एपले तपाईको सेटिङमा परिवर्तन ल्याउने छ । यसले ब्याग्राउन्डमा भएको एपलाई पनि ड्यामेज गर्न सक्छ । ब्याट्री सेभर्स एपका कारणले ब्याट्रीलाई समस्या पुराउनुको साथै फोनमा भएका एप समेत ड्यामेज हुने सम्भावना रहन्छ ।

फेक एपदेखि बच्नुहोसः फेक एपहरु डाउनलोड गर्नाले मोवाइलमा एड धेरै आउने गर्छ । एउटै खालका देखिने यस्ता फेक एपबाट बच्नुहोस र अफिसियल एप मात्र डाउनलोड गर्ने गर्नुहोस । यसरी फेक एप डाउन्लोड गर्दा फोन ड्यामेज पनि हुन सक्छ ।


क्लिकमान्डु