यसरी बच्नुहोस् साइबर क्राइमबाट, फेसबुक र ट्वीटर चलाउँदा यी काम गर्दै नगर्नु



काठमाडौं । समाजमा आइरहने अपराधिक घटनाहरुले महिलाहरुको लागि सामासजक सञ्जालमा सुरक्षालाई लिएर प्रशन उठेको छ ।
बंगलादेशमा एक महिलाको नाममा नक्कली फेसबुक एकाउन्ट बनाइयो र उसलाई एस्कर्ट सर्विस हुने खाल्को वेबसाइटमा राखियो । त्यसपछि महिलालाई फोन आउन थाल्यो । उक्त महिलाले यसको उजुरी पनि गरिन् ।

त्यस्तै केही दिनअघि ‘पाकिस्तान डिफेनस’ नामको एउटा एकाउन्टले भारतकी एउटा महिलाको तस्बिरलाई प्रयोग गरेका थिए । यस्ता कुराहरु प्राय आउने नै गर्छ । महिलाहरुको तस्बिर र उनीहरुको निजी जानकारीलाई गलत तरिकाले प्रयोग गर्ने गरिन्छ ।

यस्ता अपराधहरुलाई नियन्त्रण गर्नका लागि थुप्रै नियम कानुनहरु बनाइएका छन् । तर, यसको लागि आफ्नो तर्फबाट पनि केही सावधानीहरु अपनाए यस्ता समस्याहरुसँग बच्न सकिन्छ । र, बिना चिन्ता सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।

सामाजिक सञ्जालमा सक्रिय रहँदा केही कुराको ख्याल राख्न सकिन्छ । त्यसको बारेमा हामी तपाइलाई जानकारी दिन गैरहेका छौँ ।

के गर्ने, के नगर्ने

बैभन्दा पहिला त सामाजिक सञ्जालमा आफ्नो निजी तस्बिरहरु राख्नबाट बच्नुहोस् । त्यसको जो सुकैले पनि प्रयोग गर्नसक्छ ।
तर, तपाइ त्यहीँ पनि आफ्नो तस्बिर सामाजिक सञ्जालमा राख्न चाहानुहुन्छ भने आफ्नो फेसबुक एकाउन्टमा प्राइभेसी सेटिङलाई पब्लिक नगर्नुस् ।

सेटिङ यसरी राख्नुस कि तपाइको तस्बिर तपाइंको साथी या तपाइकोमा रहेका मानिसहरुले मात्र हेर्न सकुन । कि कुनै अन्जान मानिसले त्यो तस्बिरको प्रयोग गर्न नसकुन् ।

आफ्नो नामको बारेमा गुगलमा सधै सर्च गर्ने गर्नुस् ताकी तपाइलाई थाहा होस् कि तपाइंको नाम कहाँ र कुन वेबसाइटमा आइरहेको छ ।
यदि कुनै गलत ठाउँमा या यस्तो ठाउँमा तपाइको नाम रहेको छ जस्को अनुमति तपाइंले दिनुभएको छैन् । त्यस्तो भएमा त्यसलाई तुरुन्त हटाउन भन्न सक्नुहुने छ ।

अन्जान मानिसहरुलाई फेसबुकमा नराख्नुहोस् । कैयौँ पटक यसो गर्नाले तपाइलाई घाटा हुनसक्छ । प्रोफेस्न मानिसहरुलाई लिंकमा राखे पनि फेसबुकमा भने नराख्नुहोस् ।

यस्तै ट्विटरमा सक्दो आफ्नो तस्बिर राख्दै नराख्नुहोस् । यो एउटा सोसल नेटवर्किङ साइट हैन । यो ट्विटहरु राख्नको लागि मात्र प्रयोग गर्दा राम्रो ।

ट्विटरमा यस्तो पनि सेटिङ गर्न सकिन्छ कि तपाइको अनुमति बिना अरुले तपाइंलाई फलो गर्न नसकुन् । तर, मानिसहरु खासै यस्तो गर्ने गर्दैनन् । सेटिङलाई प्राइभेट बनाएमा तपाइंको एकाउन्ट धेरै सुरक्षित हुनेछ ।

तपाईं कयौं चोटी अरु कसैको एकाउन्ट ब्लक गर्नुहुन्छ या उसलाई रिपोर्ट गर्ने गर्नुहुन्छ । त्यसपछि ब्लक गरिएको मानिस तपाइसम्म पुग्न सक्दैन् । तर, ध्यान राख्नुहोस त्यस्ता व्यक्ति अर्को एकाउन्ट बनाएर पनि तपाइसम्म आइपुग्न सक्छन् ।

यस्तोमा कुनै अरु अपरिचित व्यक्तिको प्रोफाइलको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट नगर्नु होस् । यदि तपाइ कुनै समस्यामा फस्नु भयो भने पनि चिन्ता नगरि प्रहरीलाई फोन गर्नुहोस् ।

प्राय यस्तो पनि हुने गर्छ कि फेसबुक एकाउन्टमा केटीको तस्बिर भए पनि त्यो एकाउन्ट कुनै केटाले बनाएको हुन्छ । यस्तै गरि नक्कली नाम र तस्बिर राखिएर फेसबुक एकाउन्छ बन्ने गरेको हुन्छ ।

यस्तो एकाउन्टको बारेमा थाहा पाउन केही कुरालाई ध्यान दिनुपर्ने हुन्छ । जस्तै फ्रेण्ड रिक्वेश्ट स्वीकार्नु आगाडि भएको मानिसको एकाउन्ट राम्रोसँग चेक गर्नुहोस् ।

यस्ता नक्कली एकाउन्टमा प्राय सबै तस्बिरहरु एकै दिनमा पोस्ट गरिएको हुन्छ । उनीहरु सिर्फ २/३ ग्रुपसँग जोडिएका हुन्छन् । र, १०÷१५ जनामात्र साथि हुने गर्छन् । कयौं पटक यस्तो एकाउन्टमा फरक फरक केटीहरुको तस्बिर हुने गर्छ । यसरी राखिएको तस्बिरहरु आपत्तिजनक पनि हुने गर्छन् ।

कयौं पटक प्रोफाइलमा केटीको तस्बिर भए पनि ग्यालरीमा एउटै पनि त्यही व्यक्तिको फोटो हुने गर्दैन ।


पुष्प दुलाल