कोकाकोलाको किन्ले ब्रान्डको पानी नेपाली बजारमा



काठमाडौं। कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ । जसलाई प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको कम्पनीले दाबी गरेको छ ।

मंगलवार एक कार्यक्रमका बीच ब्राण्ड एम्बेसडर अभिनेता राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले किन्ले ब्राण्डको पानी संयुक्त रुपमा अनावरण गरे ।

सो कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी बिज्ञ कबिन्द्र पुडासैनी, र डब्लुडब्लुएफका सिनियर कार्यक्रम प्रबन्धक घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर सिंहले किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको र नेपालमा समेत यसले निकै राम्रो बजार पाउने अपेक्षा रहेको बताए ।

सो बोटलर्स नेपालका प्रबन्ध निर्देशक भार्शनेले यसको शुद्धतामा कुनै सम्झौता नगरिएको र ८ चरणसम्म पानीको प्रोसेसिङ भएको दाबी गरे ।

किन्ले एक लिटरको साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैँया रहेको कम्पनीले जानकारी दिएको छ ।

किन्लेका ब्राण्ड एम्बेस्डर अभिनेता हमालले पिउने पानीमा सबैले ध्यान दिनुपर्ने भन्दै गुणस्तरयुक्त पिउने पानी मात्र खरिद गर्नुपर्ने बताए ।


क्लिकमान्डु