एनआईसी एशिया बैंकले माग्यो १८ जना कर्मचारी




काठमाडौं । एनआईसी एशिया बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले अफिसर तथा सिनियर अफिसर र सुपरभाइजर तथा जुनियर अफिसर गरि १८ जना कर्मचारी माग गरेको हो ।

बैंकले अफिसर तथा सिनियर अफिसर र सुपरभाइजर तथा जुनियर अफिसरमा ९÷९ जना माग गरिएको छ । बैंकका अनुसार आवेदकको शैक्षिक योग्यता न्युनतम स्नातक उत्र्तीण हुनुपर्नेछ । आवेदनका लागि ५ वर्षसम्मको बैंकिङ अनुभव र २१ वर्षदेखि ४० वर्षको उमेर कायम गरिएको छ ।

आवेदकले मंसिर २७ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् । आवेदनका लागि बैंकको बेवसाइट www.nicasianbank.com/current-vacancies बाट फारम बुझाउन सकिनेछ ।


पुष्प दुलाल