आरबिआइका पूर्वगर्भनर रघुराम भन्छन्- सस्तो राष्ट्रवादले आर्थिक वृद्धि रोक्छ



काठमाडौं । अति राष्ट्रवादी नाराले आर्थिक वृद्धिलाई अवरोध गर्ने रिजर्व बैंक अफ इन्डियाका पूर्वगर्भनर रघुराम राजनले बताएका छन् ।

उनले सस्तो राष्ट्रवादी नारा तत्कालका लागि फाइदाजनक देखिए पनि त्यसले आर्थिक वृद्धिको मार्गमा अवरोध पैदा गर्ने र समाजको आयाममा समेत नकारात्मक अवरोध गर्ने बताए ।

आइतबार कार्यक्रममा मन्तव्य दिदै भने सस्ता र लोकप्रिय जस्ता लाग्ने राष्ट्रवादी नाराले भारतमा दुर्घटना निम्त्याउन सक्छ, त्यसप्रति हामी सचेत हुनु जरुरी छ ।

उनले थपे ‘ सस्ता लोकप्रिय नाराले आर्थिक वृद्धिलाई अवरोध गर्दछ । इसले एउटा नराम्रो सेट व्याक समेत खानसक्छ । त्यसले एउटा असन्तुलन समेत पैदा गर्दछ र विभेद समेत पैदा गर्दछ ।’

समाजलाई अराजकतातिर लैजाने र विश्रृखलता पैदा गराउने काम समेत अन्ध राष्ट्रवादले गर्ने उनको दावी छ ।

इतिहासमा समेत त्यस्ता प्रवृत्तिले आम मानिसका भावनालाई विश्रृखलित बनाएको र आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको र रोजगारीका अवसरमा समेत कमी आएको भन्दै उनले सस्ता नारा समाजका लागि समेत विष हुने धारणा राखे ।

उनले थप जोड दिएर भने हेर्दा र सुन्दा त्यस्ता नारा आर्कषक लाग्छन् तर त्यसले वृद्धि र विस्तारको मार्गमा भने अवरोध पैदा गर्दछ । उनले सकारात्मक सोचका साथ उदार अर्थतन्त्र र अर्थव्यवस्थालाई अबलम्न गर्न पनि सुझाए ।

उनले उदारिकरण नै आजको प्रमुख आर्थिक व्यवस्था भएको बताए ।


पुष्प दुलाल