रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा



काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्र्तगतको विजय डिष्टीलरीको उत्पादन रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ । ग्राहकको चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनिले जनाएको छ ।

हाल बजारमा रहेको बोतलको क्याप खोल्न केहि अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको जनाएको हो । अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ ।

प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ ।


क्लिकमान्डु