यी हुन् नेपालमा पाइने सस्ता पाँच ब्रान्डका २२ मोटरसाइकल (मूल्य सूचीसहित)



काठमाडौं । नेपालमा सवारी साधान विलासी भन्दा पनि आवस्यकता भइसकेको छ । अझै भन्ने हो भने दुई पाँग्रे सवारी आफ्नो कामकाजको लागि अत्यवस्यक भइसकेको छ । तपाईलाई कस्तो खालको मन पर्छ ? नेपालमा तपाईले खोज्ने हरेक सेगमेन्टका मोटरसाइकल पाइन्छ । मोटरसाइकल कोही सौखले चढ्ने हुन्छन् भने कोही अवस्यकताले उपभोग गर्छन् ।

बजारमा बिक्रीमा पाइने सावारी पनि सोही अनुसारका सस्तो देखि महंगो सम्मका दुईपाँग्रे सवारी पाइन्छ । नेपाली उपभोक्तलाई केन्द्रित गर्दै सवारी बिक्रीकर्ताहरुले १ लाख ५० हजार रुपैयाँ देखि २० लाख सम्मका मोटरसाइकलहरु बिक्री गर्दै आएका छन् । नेपालमा ५ ब्रान्डका २२ मोटरसाइकल १ लाख ५० हजार देखि २ लाखसम्ममा पाइन्छ ।

पछिल्लो समय कामकाजीहरुले तेल खपत कम गर्ने सस्तो मोटरसाइकलमा विशेष ध्यान दिने गरेका छन् । त्यस्ता उपभोक्ताका लागि यी हुनसक्छन् नेपाल पाइने सस्ता मोटरसाइकल ।

१ लाख ५० हजार २ लाखसम्ममा खरिद गर्न सकिने मोटरसाइकल ।

होन्डा
सीबी साइन डिएलएक्स-१२५ सीसी-मूल्य-१ लाख ७० हजार ९ सय रुपैयाँ ।
सीबी साइन डिआरएस-१२५ सीसी-मूल्य-१ लाख ९४ हजार ९ सय रुपैयाँ ।
सीबी साइन डिएसएस-१२५ सीसी-मूल्य-२ लाख १ हजार ९ सय रुपैयाँ ।

बजाज
प्लाटिना १०० इएस-१०० सीसी-मूल्य-१ लाख ५४ हजार ९ सय रुपैयाँ ।
डिस्कभर ड्रम-१२५ सीसी-मूल्य-१ लाख ७८ हजार ९ सय रुपैयाँ ।
डिस्कभर डिस्क-१२५ सीसी-मूल्य-१ लाख ८६ हजार ९ सय रुपैयाँ ।
डिस्कभर-१५० सीसी-मूल्य-२ लाख ३ हजार ९ सय रुपैयाँ ।

हिरो
एच एफ डिएलएक्स डिआरएस-१०० सीसी-मूल्य-१ लाख ५४ हजार रुपैयाँ ।
स्प्लेन्डर बिएसआइभी-१०० सीसी-मूल्य-१ लाख ६३ हजार ५ सय रुपैयाँ ।
स्प्लेन्डर प्रो–१०० सीसी-मूल्य-१ लाख ६१ हजार ५ सय रुपैयाँ ।
स्प्लेन्डर प्रो क्लासिक-१०० सीसी-मूल्य-१ लाख ६१ हजार ५ सय रुपैयाँ ।
स्प्लेन्डर स्मार्ट बिएस-११० सीसी-मूल्य-१ लाख ७० हजार ५ सय रुपैयाँ ।
प्यासन प्रो-१०० सीसी-मूल्य-१ लाख ६८ हजार ५ सय रुपैयाँ ।
सुपर स्प्लेन्डर आई थ्रिएस-१२५ सीसी-मूल्य-१ लाख ८१ हजार रुपैयाँ ।
ग्ल्यामर डिआरएस बिएस-१२५ सीसी-मूल्य-१ लाख ८३ हजार ५ सय रुपैयाँ ।
ग्ल्यामर डिआरएसएस बिएस-१२५ सीसी-मूल्य-१ लाख ८८ हजार ५ सय रुपैयाँ ।

यामाहा
सोलुटो डिक्स-१२५ सीसी-मूल्य-१ लाख ८८ हजार ९ सय रुपैयाँ ।
सोलुटो ड्रम-१२५ सीसी-मूल्य-१ लाख ८३ हजार ९ सय रुपैयाँ ।

महिन्द्रा
सेन्टेरो एक्सटी-११० सीसी-मूल्य-१ लाख ५३ हजार ९ सय रुपैयाँ ।
सेन्टेरो एनएक्सटी-११० सीसी-मूल्य-१ लाख ५७ हजार ९ सय रुपैयाँ ।
सेन्टेरो रकस्टर-११० सीसी-मूल्य-१ लाख ५१ हजार ५ सय रुपैयाँ ।
सेन्टेरो डिक्स-११० सीसी-मूल्य-१ लाख ६३ हजार ९ सय रुपैयाँ ।


क्लिकमान्डु