कात्तिक महिनामा यस्तो भएछ बजार अनुगमन, उपभोक्ता ठग्नेलाई कारबाही




काठमाडौं । सरकारले गुणस्तर, मूल्य, तौललगायतमा उपभोक्ता नठगिउन भनेर समय समयमा बजार अनुगमन गर्ने गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि सरकारले कानूनअनुसार कारबाहीसमेत गर्दै आएको छ । यद्यपि उपभोक्ता ठग्ने क्रम नियन्त्रण हुन सकेको छैन । बरु उल्टै बढिरहेको छ ।

कार्तिक महिनामा सरकारी अनुगमन टोलीले कहाँ कहाँ अनुगमन गर्यो ? र, के कस्ता कैफियतहरु भेट्यो ? अनि कारबाही गर्यो कि गरेन ? यसको जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएका छन् । कात्तिक महिना भरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता विभागले बानेश्वर, नयाँ बानेश्वर, विजुली बजार, डिल्लीबजार, कालोपुल, बौद्ध, दरवारमार्ग, विशाल बजार, न्यूरोड, भेडेवहाल, मध्यपुर थिमी, बालाजु, गठ्ठाघर, टेकु, भोटेवाहल, हात्तिवनm भक्तपुर, तारकेश्वर, स्यम्भु, महा बौद्ध, थापागाउँ र पुलचोकमा अनुगमन गरेको थियो ।

कात्तिक महिनामा ८७ खाद्य किराना पसल, ४ मासु पसल, ११ फलफुल पसल, ८ डेरी, १९ मिठाइ पसल, ४९ क्लिनिक, औषधि पसल तथा अस्पताल, ७ गरगहना पसल, २६ लत्ता कपडा पसल, १४२ यातायात, २३ निर्माण सामाग्री, ३ स्पेयर पार्टस पसल र ४२ विविध विषयमा अनुगमन गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

स्वयम्भु र थापागाउँका ४ मासु पसलमा अनुगमनका क्रममा मूल्य सुची नभएको, व्यवसाय दर्ता, प्यान दर्ता नभएको, डि.डि.ए.को फ्रर्मेट अनुसार विल नभएको, सरसफाइमा ध्यान नदिइएको र नापतौल प्रमाणीकरण नभएको फेला परेको विभागले जानकारी दिएको छ ।

यी पसलहरुलाई सरसफाइमा विशेष ध्यान दिन, मूल्यसुची बनाएर राख्न, एक्सपायर डेट बनाएर राख्न, डि.डि.ए.को फ्रर्म्याट अनुसार विल अपडेट गर्न, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण गरी ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

स्यमभु, बानेश्वर, सिंहदरवार, न्यूरोड, बल्खु, त्रिपुरेश्वर, र्कितिपुर, गठ्ठाघर र मध्यपूरथिमीमा रहेका १९ मिठाइ पसलहरुमा अनुगमन गर्ने क्रममा खरिद विल नभएको, सरसफाइ नभएको, मूल्यसुची अपडेट नभएको, व्यवसाय दर्ता, प्यान दर्ता नभएको र नापतौल प्रमाणीकरण नभएको पाइएको छ ।

सो पसलहरुलाई सरसफाइमा विशेष ध्यान दिन, मूल्यसुची बनाएर राख्न, तयारी खाने कुरा छोपेर राख्न, म्याद नाघेका सामानहरु अलगै राख्न, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण गरी ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

बिजुली बजार, नयाँ बानेश्वर, डिल्ली बजार, बानेश्वर, मध्यथिमी, भोटाहिटी, ग्वार्को र असनमा रहेका ११ फलफुल पसलहरुमा अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको, म्याद नाघेका र लेबल नभएको सामानहरु बिक्री वितरण गरेको, सरसफाइ नभएको तथा मूल्यसुची नभएको फेला परेको छ ।

यी पसलहरुलाई सरसफाईमा विशेष ध्यान दिन, मूल्यसुची बनाएर राख्न, खानेकुरा छोपेर राख्न, म्याद नाघेका सामानहरु अलगै राख्न तथा व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण गरी ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

साथै म्याद नाघेकोले रियल जुस १ लि. को १६ प्याकेट, पेप्सी २.२५ लि. को १ बोतल, डिउ २.२५ लि. को ३ बोतल, मिरिण्डा २.२५ लि. को १ बोतल र खान अयोग्य ब्रस्ट १ लि. को १ प्याकेट नष्ट गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।

बानेश्वर, मध्यबानेश्वर, कालोपुल, बौद्ध, स्वयम्भु, ठिमी, मध्यपूरथिमी, बुढानिलकण्ठ, डिल्लीबजार, काडाघारी, कुलेश्वर, बल्खु, बालाजु, थापागाउँ, नयाँबानेश्वर, हात्तिवन, ग्वार्को, एकान्तकुना, भिमसेन्गोला, कुलेश्वर हाइट, भक्तपुर, भोटेवहाल, कोटेश्वर र तिलगंगामा रहेका ८७ खाद्य किराना पसलहरुमा अनुगमन गर्ने क्रममा मूल्यसुची तथा साइनबोर्ड नभएको, नापतौल प्रमाणीकरण नभएको, लेबल नभएका सामानहरु बिक्री वितरण गरेको, प्याकिङ्गका सामानहरुमा लेबल नभएको, व्यवसाय दर्ता, प्यान दर्ता नभएको र खाद्य तथा अखाद्य सामानहरुसँगै राखेको पाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

बानेश्वर, बालाजु, थापागाउँ, नयाँ बानेश्वर, हात्तिवन, बनेश्वर, कुलेश्वर हाइट र भक्तपुरमा रहेका ८ वटा डेरी स्टोरमा अनुगमन गरिएको हो । अनुगमन गर्नेक्रममा सरसफाइ नभएको, कामदारहरुले माक्स, पन्जा तथा एप्रोनको प्रयोग नगरेको, मूल्यसुचि नभएको, साइनबोर्ड नभएको, खाद्य अनुज्ञापत्र नविकरण नभएको, खाद्य र अखाद्य सामानहरु सँगै भएको, लेबल नभएको, म्याद नाघेका सामानहरु बिक्री वितरण गरेको, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको पाइएको छ ।

सो डेरी स्टोरहरुलाई सरसफाइमा विशेष ध्यान दिन, कामदारहरुलाई माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न लगाउन, खाद्य अनुज्ञापत्र नविकरण गर्न, लेबल नभएको तथा म्याद नाघेका सामानहरु बिक्री वितरण नगर्न, ३ दिन भित्र मूल्यसुची तथा साइनबोर्ड बनाएर राख्न, खाद्य–अखाद्य सामानहरु छुट्याएर राख्न, व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणीकरण गरी ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

दरवारमार्ग, विशाल बजार र न्यूरोडमा रहेका ७ गरगहना र रुद्राक्ष पसलमा अनुगमन गर्ने क्रममा व्यवसाय दर्ता नविकरण नभएको, व्यवसाय दर्ता र प्यान दर्ताको कागजात देखाउन नसकेको, दर्ता अनुसारको साइनबोर्ड सानो भएको पाइएको छ ।

यी पसलहरुलाई ३ दिन भित्र दर्ता अनुसारको साइनबोर्ड ठूलो बनाएर राख्न तथा खरिद बिक्री विल व्यवस्थित बनाएर राख्न, व्यवसाय दर्ता तथा प्यान दर्ताको कागजात, नापतौल प्रमाणीकरण र व्यवसाय दर्ता नविकरण गरी ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

यस्तै बंगलामुखी ट्रेडर्सले काटेको विल नं. १२० को १ थान, राहुल ट्रेडर्सले काटेको विल नं. ४६२ जफत गरिएको निदेर्शक श्रेष्ठले जानकारी दिए । साथै त्यसदिनको छापावाला सुन १० ग्रामको रु. ४७,५८५, प्रति तोला रु. ५५,५००, असल चाँदी रु ६५६, रु ७६५ प्रतितोला मूल्यमा बिक्री वितरण गरेको र बंगलामुखी ट्रेडर्सले काटेको विल नं. १२० को १ थान, राहुल ट्रेडर्सले काटेको विल नं. ४६२ जफत गरिएको छ ।

यसैगरी कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा प्याकिङ्गका सामानहरुमा राम्ररी स्टीकर नटाँसिएकाले राम्रोसँग स्टीकर टाँस्न तथा डबल स्टीकर नटाँस्न निर्देशन दिइयो साथै पानस क्रमशः रु. १,०५५, ६३५, ७,६५०, रु.७,९३५ पर्ने ज्याकेट र रु. ५,६०० पर्ने जुत्ताको खरिद र बिक्रि विलसहित ३ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

भेडेवाहल, दरवारमार्ग, न्यूरोड र असनमा रहेका २५ लत्ता कपडा तथा जुत्ता पसलहरुमा अनुगमन गर्नेक्रममा खरिद विल तथा विक्री विल विक्री गर्दा सेवा ग्राहीलाई मनोमानि तरीकाले बेच्ने गरेको, खरिद बिक्री विल पारदर्शी नभएको, बिक्री गर्ने सामानको मूल्य उल्लेख नभएको, व्यवसाय दर्ता, व्यवसाय दर्ता अनुसारको साइनबोर्ड नभएको, व्यवसाय दर्त सम्वन्धि कागजा नभएको, कारोवार खुलाएको प्रवन्ध पत्र नभएको, दर्ता अनुसारको साइनबोर्ड सानो भएको र व्यवसाय दर्ता नविकरण नभएको पाइएको थियो ।

यी पसलहरुलाई कारोवार खुलाएको प्रवन्धपत्र, नियमावलिको फोटो कपी, व्यवसाय दर्ता अनुसारको साइनबोर्ड राख्न, साइनबोर्ड ठूलो बनाएर राख्न, प्रत्यक कपडामा मूल्य सूची राख्न, बिक्री गर्ने सामानको मूल्य उल्लेख गर्न, व्यवसय दर्ता कागजात, प्यान दर्ता, खरिद विल, विक्री विल र विल नं.०५८ फरएभर टप्स रु ३८०० र डिस्काउन्ट ८०० गरी ३००० बेचेको खरिद विलसहित ७ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा न्यूरोडको जेम कलेक्सन स्टोरमा खरिद विल तथा विक्री विल सम्वन्धमा विक्री गर्दा सेवा ग्राहीलाई मनोमानित तरीकाले मूल्य राखेर बेच्ने गरेको देखिएकाले हाललाई सम्पूर्ण कारोवार रोक्का गरिएकोा छ । साथै त्यस्तो हुनको पुस्ट्याइसहित २४ घण्टा भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको थियो ।

साथै बिक्री विल ७,९९९ भएको न्यू ब्यालेन्स जुत्ता १ जोर, रु. १२,९९९ भएको न्यू ब्यालेन्स जुत्ता १ जोररजेन्स, रु. ६४९९ भएको न्यू ब्यालेन्स टिसर्ट मिति २०७४÷०२÷०३१ को भ्वाइस नं. सि.आर. ५७७३१ को १ थान, जारा ४९९० को पाइन्ट १ थान, जारा ०१०९९० को कोट १ थान, जारा ३९९० को लेडिज ब्याग १ थान हरिसिद्धि इम्पेरियम विल नं. ०२६ खरिद वल, अमर देव इन्टरप्राइजेज विल ३९३ को १ थान, बिक्री विल १५५ को १ प्रति र खरिद विल नं. ९१० को एक्सिस इन्टरनेशनलको १ प्रति रु. ९,८००, एम.आर.पि.लेखिएको चस्मा १ थान, रेवन रु १४,५०० एक.आर.पि. लेखिएको चस्मा १ थान, मूल्य २० प्रतिशत भन्दा माथि भएकाले ट्राउजर पाइन्ट भारु. १,०००, वेल्ट भारु. २५०, टिसर्ट भारु. ३०० र जुत्ता भारु.२,१०० पर्ने १÷१ पिस कपडा अनुसन्धानको लागि लिइएको व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागले जनाएको छ ।

कात्तिक महिनाभर सिफल, कालिमाटी र सिनामंगलमा बस, ट्याक्सी, माइक्रो र ट्याम्पो गरी १४२ वटा सवारीसाधनमा अनुगमन गरिएको थियो । ती मध्ये १७ सवारीलाई जरिवाना गरिएको थियो भने अन्य सबैलाई सम्झाइ बुझाइ गरिएको थियो ।

कुलेश्वरका ३ स्पेयर पार्टस हाउसहरुमा अनुगमन गर्ने क्रममा सामानको खरिद विक्री विल नभेटिएको, स्पेयर पार्टस विक्री गर्दा कोड नं नभएको र न्यवसायी दर्ता कागजात देखाउन नसकेको पाइएको छ ।

यी स्पेयर पार्टस हाउसहरुलाई सामान खरीद तथा बिक्री विलहहरु अपडेट गरी राख्न, स्पेयर पार्टस विक्री गर्दा कोड नं. उल्लेख तथा विल जारी गर्न, व्यवसाय दर्ताको कागजात र विल नं. १२० बाट सामान विक्री गरेको खरीद विल ७ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

यस्तै टेकु, टोखा, बालाजु, जोरपाटी, बौद्ध, बसुन्धारा र भिमसेनगोलामा रहेका २३ वटा निर्माण सामाग्री स्टोरहरुमा अनुगमन गर्ने क्रममा म्याद नाघेका सामान विक्री वितरण गरेको, मूल्यसुची नभएको, विभिन्न सामानहरुको खरिद तथा विक्री मूल्यमा धेरै नै अन्तर रहेको, व्यवसाय दर्ता प्रमाणपत्र देखाउन नसकेको, नापतौल प्रमाणीकरण नभएको, व्यवसायको पूँजी कम भएको, व्यवसायको पूँजी नखुलाएको, एक्पायर जोन नभएको पाइएको छ, व्यवसाय नविकरण नभएको, प्यान दर्ता नभएको र खरिद बिल नभएको पाइको थियो ।

यी स्टोहरुलाई म्याद नाघेका सामानहरु बिक्री वितरण नगर्न, विभिन्न सामानहरुको खरिद तथा बिक्री मूल्यमा धेरै नै अन्तर देखिएकोले के कति कारणले यस्तो भएको हो सो को पुष्ठ्याइ सहित ३ दिन भित्र विभागमा पेश गर्न, व्यवसाय दर्ता प्रमाणपत्र तथा हिन्डवेयरको सामानहरुमा छुट दिइएकोमा के कति कारणले छुट दिइएको हो सो को पुष्ठ्याइ ३ दिन भित्र गरी पेश गर्न, नापतौल प्रमाणीकरण गर्न, हिलटेकका पाइपमा ५० प्रतिशत सम्म छुट दिइएकोमा के कति कारणले दिइएको हो पुष्ठी गर्न, एक्पायर जोन राख्न, मूल्यसुची दैनिक अपडेट र्गा, व्यवसायको पूँजि वृद्धि गर्न, खरिद बिक्री विल व्यवस्थित गरी राख्न, लेबल नभएका सामान विक्री वितरण गर्न, व्यवसाय दर्ता नविकरण र प्यान दर्ता गरी ७ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

साथै अनुगमनका क्रममा म्याद नाघेकाले बर्जर कलर १ लि. कव १४ वटा, एक्सल टोटल १ लि. को १० वटा, नेरोल्याक ४ लि. को २ वटा, अटो पेन्ट १ लि. को १ वटा, गट्टु इलामेल १ लि. को १ वटा, बुलब्लोन १ बे.जि. को १ वटा र लेबल नभएको ३ वटा नष्ट गरिनुका साथै प्रमाणीकरण नभएको नापतौल मेशिन जफत गरी नापतौल विभाग, बालाजु पठाइएको र २ केजी कच्चा पदार्थ ६ पोका नमुना लिइएको छ ।

कात्तिकमा सामाखुसी, गोंगबु, बालाजु, थापाथली, कमलविनायक, च्यामासिङ, चावहिल, बल्खु, पुरानोबानेश्वर, मध्यबानेश्वर, कुपण्डोल, नरदेवी, तिलगंगा, सिनामंगल र सुन्धारामा रहेका ४५ वटा औषधि पसल, क्लिनिक तथा अस्पतालहरुमा अनुगमन गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागका निर्देशक श्रेष्ठले बताए ।

यी मध्ये सामाखुसीको कन्काई हर्वो होम प्रा.लि., गोंगबुको गोर्खा हर्वो विज प्रा.लि., फेवा आयूर्वेद फर्मा, बालाजुको मज्जाको सपिङ्ग प्रा.लि., बल्खुको केयर आयूर्वेदी क्लिनिक, पुरानोबानेश्वरको सार्थक हेल्थ केयर, मध्यबानेश्वरको लाइफ इन्टनेशनल क्लिनिक प्रा.लि., नरदेवीको कुशल डेण्टल क्लिनिक प्रा.लि., सागर प्याथोलोजि ल्याव, सुन्धाराको लुनिभा हेल्थ केयर प्रा.लि.रफार्मेसी यूनिट र तिलगंगाको गणपति फार्मेसीमा सिल गरिएको छ ।

केही क्लिनीक, औषधि पसल तथा हस्पताललाई सामाजिक सुरक्षा कर, स्वास्थ्य सेवा करको भौचर तथा कर्मचारीहरुसँगको सम्झौतापत्र ३ दिन भित्र विभागमा पेश गर्न, एक्सरे टेक्निसियन विना एक्सरे गरेको पाइएको तथा पहिले दिइएको निर्देशनहरु पालना नगरेकोले के कति कारणले सो गरेको हो सो को स्पष्टीकरण सहित ३ दिन भित्र विभागमा पेश गर्न, अस्पतालको संचालन स्वीकृती नविकरण नभएकोले ३ दिन भित्र पुनः नविकरण अवस्थाबारे सम्बन्धित निकायको पत्र वा नविकरण पत्र सहित विभागमा उपस्थित हुन निर्देशन विभागले दिएको छ ।

कात्तिकमा अनुगमन गर्ने क्रममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता विभागले अन्य स्टोरहरुमा भने व्यवसाय दर्ता प्रमाणपत्र नभएको, नापतौल प्रमाणीकरण नभएकोले नापतौल प्रमाणी कराण गर्न, हिन्डवेयरको सामानहरुमा छुट दिइएकोमा के कति कारणले छुट दिइएको हो सो को पुष्ठ्याइ ३ दिन भित्र विभागमा उपस्थित हुन, म्याद नाघेका, लेबल नभएको सामानहरु बिक्री वितरण गरेको, मूल्यसुची, साइनबोर्ड, व्यवसाय दर्ता नविकरण नभएको, सूर्तिजन्य पदार्थको बिक्री गर्ने इजाजत नभएको तथा व्यवसायको पूँजि नखुलेको पाइएको थियो ।

यी स्टोरहरुलाई सरसफाइमा ध्यान दिन, म्याद नाघेका, लेबल नभएको सामानहरु बिक्री वितरण नगर्न, ३ दिन भित्र मूल्यसुची, साइनबोर्ड बनाएर राख्न, व्यवसाय दर्ता नविकरण गर्न, तथा सूर्तिजन्य पदार्थको बिक्री गर्ने इजाजत लिन निर्देशन दिइएको छ ।

यस्ता स्टोरहरुलाई कर चुक्ताको प्रमाणपत्र र व्यवसाय दर्ता नविकरण गरी ३ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

कुलेश्वरको वंशाल अटो मोबाइल्सले बुस सेट मू.अ.क. बाहेक रु. २,७०० मा खरिद गरी रु. २,८५० मा बिक्रि गरेको र क्लच प्रशेर सेट रु. २,६०६ मा खरिद गरी रु. २,८५० मा बिक्री गरेको पाइएको थियो ।

वृज मोटर्सलाई सामानहरु बिक्री गर्दा खरिद बिलमा उल्लेख कोड समेत उल्लेख गरी विल जारी गर्न, तल उल्लेखीत ब्रेक प्याडका सम्बन्धमा स्पष्टीकरण सहित ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिनुका साथै ब्रेक प्याड मू.अ.क. बाहेक रु. २,४१७ मा खरिद गरी मू.अ.क. बाहेक रु. ३.५०० मा बिक्री गरेको पाइएको छ ।

यसैक्रममा पुल्चोकमा रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्समा व्यवसायको पूँजि कम भएको तथा प्यान दर्ता प्रमाणपत्रमा कारोबार प्रष्ट नभएको पाइएको थियो । सो ट्रडर्सलाई प्यान दर्तामा कारोबार प्रष्ट बनाइ पेश गर्न तथा व्यवसाय दर्तामा पूँजि वृद्धि गरी ७ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिइएको थियो । साथै कर बाहेक खरिद मूल्य मारुती अल्टो ८०० को रु. ११,७३,३०५.६७ र कर बाहेक बिक्री रु. १३,२६,५४८.६७ रहेको पाइएको थियो ।

कमलपोखरीमा रहेको कृष्ण पाउरोटी भण्डार प्रा.लिमा अनुगमन गर्ने क्रममा डष्टविन खुल्ला रहेको तथा कामदारहरुले माक्स, पन्जा तथा एप्रोनको प्रयोग नगरेको पाइएको थियो । सो पाउरोटी भण्डारलाई सरसफाईमा विशेष ध्यान दिन, विर्को भएको डष्टविनको प्रयोग गर्न तथा कामदारहरुलाई माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न निर्देशन दिइएको थियो ।


क्लिकमान्डु