स्कुले छात्र कसरी बने १ अर्ब ६८ करोड रुपैयाँको मालिक



काठमाडौं । बेलायतको शक्तिशाली उद्योगपतिहरुमा एक १९ वर्षीय किशोर एलेन शुगरले आफ्नो नाम लेखाएका छन् ।

अहिले बेलायतमा एउटा स्कुले छात्र ब्रिटेनको सबैभन्दा युवा करोड पतिको रुपमा चिनिन थालेका छन् । स्कुलको लञ्च ब्रेकमा अन्य बच्चाहरु खेलकुद मैदानमा झुम्मि रहँदा शुगर मोबाइलबाट ठूला ठूला कम्पनीहरुसँग लेन देनका कुराहरु गरिरहेका हुन्छन् ।

उनले मययचकतबउक।अय।गप वेबसाइट १६ महिना पहिला बनाएका थिए, यस कम्पनीले रियल स्टेट ब्रोकरको भुमिका निर्वाह गर्छ । यसै हप्ता उनी ब्रिटेनका १८ ठूला रियल स्टेट एजेन्सीहरुमा पर्न सफल भएका छन् ।

हाल उनको कम्पनीको मूल्य १२ मिलियन पाउन्ड अर्थात नेपाली १ अर्ब ६८ करोड रुपैयाँ हाराहारी हुन आउँछ ।

एलेनले अहिलेसम्म १०५० घरहरुको सम्झौता गरेका छन् । तर, प्रतिहप्ता ३० घरको दरलेखरिदविक्री उनको वेबसाइटको माध्यमबाट हुने गर्छ ।

एलेन ब्रिटेनका सबैभन्दा कान्छा मिलेनियार हुन् । उनले दावी गरेका छन् सुरुदेखि अहिलेसम्म उनको कम्पनीले १०० मिलियन पाउण्ड बराबर सम्पतीको सम्झौता गरिसकेका छन् ।

उनि अहिले कम्पनीबाट मासिक १००० पाउन्ड तलब लिने गर्छन् । उनको कम्पनीमा अन्य १२ जना कर्मचारी रहेका छन् ।

उनले आफ्नो बचतबाट आमा बुबाको लागि एउटा कार किनिदिएका छन् । एलेनका पिता मेल स्टोरिङ अफिसमा कर्मचारी हुन् । उनकी आमा अपांग बच्चाहरुको स्कुलमा साहयक शिक्षिका रहेकी छन् । उनका आमा बुबा दुबै सुन्न सक्दैनन् ।

उनी अहिले नर्थ लन्डनको एलिजाबेथ, बर्नेटमा पढ्दै छन् । उनले स्कुल र कामलाई सन्तुलित रुपमा अगाडि बढाएका छन् । एलेन शुगर ब्रिटेनका ठूला पूँजीपती र कार्यक्रमहरुमा स्टार सेलिब्रेटी बनेका छन् । उनको यो कम्पनीले मानिसहरुको सम्पती लेनदेन गर्ने काम गर्छ ।

उनी यस क्षेत्रका अन्य एजेन्सीको तुलनामा धेरै सस्तो र सानो अंशमा काम गर्दै छन् । उनको कम्पनीले सम्पत्तिहरुको सम्झौताका लागि केवल ९९ पाउण्ड शुल्क लिने गर्छन् । त्यही काम अन्य एजेन्सीहरुले ८०० देखी १००० पाउन्ड लिने गर्छन् ।

एलेनले अहिलेसम्म १०५० घरहरुको सम्झौता गरेका छन् । तर, प्रतिहप्ता ३० घरको दरलेखरिदविक्री उनको वेबसाइटको माध्यमबाट हुने गर्छ ।

डेली मिररका अनुसार अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता १.४ मिलियन पाउन्डको रहेको छ । एलेनले आफ्नो वेबसाइट बनाउनको लागि आफ्ना आफन्तहरुसँग १०० पाउण्ड ऋण लिएका थिए । केनफोलोजिबाट


क्लिकमान्डु