पैसा र कार्ड नबोकी हिँड्छन् अर्बपति मुकेश अम्बानी



मुम्बई । कहिलेकाहीँ तपाईंको मनमा जिज्ञासा हुन्छ ।

धनी व्यक्तिहरु कति पैसा बोकेर हिँड्छन् । दिनमा कति रुपैयाँ खर्च गर्छन् ।

भारतमा सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले भने आफुले नगद बोकेर नहिड्ने तथा कुनै डेबिट या क्रेडिट कार्ड पनि नबोक्ने बताएका छन् ।

रिलायन्स इन्डष्ट्रीका अध्यक्ष अम्बानीले बच्चादेखि अहिलेसम्म कहिलेपनि नगद र कार्र्ड साथमा लिएर नहिडेको बताएका छन् ।

एक कार्यक्रममा अम्बानीले भने, ‘मलाई कहिलेपनि क्यास तथा कार्डको आवश्यक्ता परेन, जहिलेपनि पैसा तिर्ने समयमा मसँग कोही न कोही हुन्थ्यो, उसले नै मैले तिनुपर्ने पैसा तिर्ने गर्छ ।’

भारतमा सबैभन्दा धनी व्यक्ति अम्बानी गत महिनादेखि एशियाको पनि सबैभन्दा बढी धनी व्यक्ति बनेका छन् ।

फोब्र्सको रियल टाइम बिलियनर्सको लिस्टमा उनको सम्पत्ति ४२.१ अमेरिकी डलर भनिएको छ । इकोनोमिक्स टाइम्सबाट


क्लिकमान्डु