८८ सय मानिसलाई स्वरोजगार बनाउन सरकारी तालिम, दैनिक भत्ता ९५० रुपैयाँ



काठमाडौं । सरकारले प्रतिव्याक्ति ९ सय ५० रुपैयाँ दैनिक भत्ता दिएर ८ हजार ८ सय मानिसलाई निःशुल्क तालिम दिएर स्वरोजगार बनाउने भएको छ ।

उद्योग मन्त्रालय अन्तर्गत रहेको घरेलु तथा साना उद्योेग विकास समितिमार्फत ८ हजार ८ सय मानिसलाई निःशुल्क ७ दिने डकर्मी तालिमको लागि आवेदन मागेको हो ।

समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा तालिम दिन लागिएको हो ।

१५ दिनभित्र आवेदन दिनुपर्ने सूचना प्रकाशन गरिएको छ । जिल्लास्थित समितिको कार्यलयबाट भूकम्प प्रभावित जिल्लास्थित सम्पूर्ण गाउँपालिका, नगरपालिका, महानगरपालिमा संचालन गरिने छ ।

१६ वर्ष उमेर पुगेका ५० वर्ष उमेर ननाघेकोले तालिमका सहभागिताको लागि दरखास्त दिन पाउने छन् । तालिममा सहभागि हुनेलाई दैनिक ९ सय ५० भत्ता समेत दिने छ ।

तालिम २६ जिल्लामा हुनेछ । आवेदन आगामी पुस ४ गते भित्र दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


पुष्प दुलाल