गुणस्तरहिन सिमेन्ट उत्पादन गरेपछि अम्बे सिमेन्टको ‘एनएस’ चिन्न खारेज



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्सालाई दिएको गुणस्तर चिन्नको इजाजत रद्द गरेको छ ।

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा फरक कच्चापदार्थको प्रयोग गरेर सिमेन्ट उत्पादन गरेको पाइएकाले विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए । रासस


क्लिकमान्डु