यी युवा जसले काठमाडौंमा च्याउ खेती गरेर मासिक १ लाख कामउँछन्



 

काठमाडौं । बुबाले सुरु गरेको च्याउ खेतीलाई निरन्तरता दिदै आएका सुरेन्द्र गिरि अहिले आफ्नै आधुनिक कृषि फारम निर्माण गरेर व्यवसाय गरिरहेका छन् । काठमाडौं दहचोकका स्थानीयवासी गिरी सानैदेखि बुबाको पछि पछि च्याउँमा पानी हाल्न बिहान बेलुका हिड्ने गर्थे ।

उनी १० कक्षामा अध्यनगर्दा उनको बुबाले घर भित्रै च्याउन रोप्ने गरेको उनलाई आजै हो जस्तो लाग्छ । सुरुका दिनमा आर्मिमा जागिरखाने सोच बनाएका उनी आर्मीबन्न असफल भएपछि आफ्नै बुबाको पेशालाई निरन्तरता दिने निधोगर्दै यो पेशामा प्रबेश गरेका हुन् ।

दहचोकमा १ रोपनी जग्गाको २ हजार रुपैयाँ मासिक भाडा तिर्नेगरी १२ रोपनी जग्गा लिएर उनले यो व्यवसाय सुरु गरेका थिए । सुरुमा ३० लाख रुपैयाँ लगानी गरेर च्याउँ खेतीलाई उनले व्यवसायीक खेतीको रुपमा अघि बढाएका हुन् ।

पछिल्लो समय जग्गाभाडा निकै बढेको छ, सुरुमा २ हजारमा लिएको जग्गा अहिले प्रतिरोपनी २० हजार रुपैयाँ पुगेको छ । तर, उनले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

अहिले उनी आफैले च्याउँको बिउ उत्पादन गर्ने र बेच्ने कामसमेत गर्दै आएका छन् ।

अरुको खेतमा २ हजार रुपैयाँ प्रतिमहिना भाडा तिरेर व्यवसाय सुरु गरेका उनले अहिले ३ रोपनी जग्गा आफै किनेका छन् । ‘पहिला अरुको जग्गा भाडामा लिएर च्याउँ रोप्थे, अहिले त्यही जग्गा आफ्नो भएको देख्दा सपना जस्तै लागेको छ’ क्लिकमान्डुसँग भने ।

२०५१ साल तिर च्याउँ खेती परिवारको जिविकोपार्जनका लागी मात्र गर्ने गरिन्थ्यो, अहिले व्यवसाय भएको छ । उनी भन्छन् ‘च्याउ खेतीका लागि मुख्य कच्चा पदार्थ पराल हो, पहिला २ हजार रुपैयाँमा पाइने पराल अहिले ५० हजार रुपैयाँ पर्न थालेको छ ।’ पहिला आफ्नै घरमा भएको धानको परालले च्याउँ उत्पादन गर्न पुग्थ्यो अहिले नपुग्ने हुँदा भारतबाट आएको पराल किन्नु पर्ने अवस्था रहेको उनले बताए ।

२२ वर्ष पहिला उनी बिउँ पनि अरुबाट किन्ने र विक्री पनि अरुबाट गराउने गर्थे, अहिले उनी आफै उत्पादन गर्ने र विक्रीका लागि बजारसम्म पुर्याउने काम गर्न थालेका छन् ।

उनी आफुले उत्पादन गरेको च्याउँको बिउँ ६० रुपैयाँ प्याकेटको दरले बेच्ने गरेको बताउाछन् । उनकोमा ठूलो परिणाममा च्याउँको बिउ किन्न आउने गरेको बताउँदै भन्छन् ‘अहिले एउटै व्यक्तिले ५ हजार प्याकेटसम्म खरिद गर्ने गरेका छन् ।’ उनीद्धारा उत्पादीत बिउ सुर्खेत, चितवन, पोखरा, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, ललितपुर र भक्तपुरका किसानले लाने गरेका छन् ।

‘कन्ने च्याउँको बिउको मूल्य ६० रुपैयाँ प्रति प्याकेट र गोब्रे च्याउँको बिउ १ सय रुपैयाँ प्याकेट विक्री हुने गर्छ’ उनले सुनाए ।

आफ्नो बिगतको अनुभव सुनाउँदै उनी भन्छन् ‘पहिला च्याउँ बेच्नको लागि आफै खाएर देखाउनु पथ्यौ तर, अहिले त्यस्तो समस्या छैन ।’

कुरामा कुरा थप्दै उनले भने ‘पहिला त झन कन्ने च्याउँ ५०÷६० रुपैयाँ प्रतिकेजी विक्री हुने गर्थ्यो र गोब्रे च्याउँ १५० रुपैयाँ प्रतिकेजी विक्री हुन्थ्यो । अहिले कन्ने च्याउँ नै ७० देखि १५० रुपैयाँ प्रतिकेजी विक्री हुन्छ । गोब्रे च्याउँ केजीकै ४ सय रुपैयाँसम्म पर्ने गर्छ ।’ अहिले च्याउँ मात्रै बेचेर मासिक १ लाख रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन् ।

उनको बारीमा उत्पादन हुने च्याउँ उनी कालिमाटी र असनमा लगेर बेच्ने गर्छन् । किसानले बेच्ने च्याउँको मूल्य निर्धारण हुन नसकेकोले च्याउँमा किसानहरु निकै ठगिने गरेको उनको दुखेसो छ ।

३० लाख लगानीमा लगाएको च्याउँ उत्पादन पछि विक्री गर्दा २० लाख बराबर नाफा आउने बताउने गिरि प्रतिदिन १ हजार ६ सय प्याकेट च्याउँको बिउसमेत उत्पादन गर्छन् ।

च्याउँ खेतीका लागी ठेक्का दिनु पर्ने र ठेक्कामा दिदा ठेकेदारलाई १ देखि २ लाख ज्याला दिनु पर्नेउनले बताए ।

च्याउँ १२ महिना नै उस्तै तापक्रममा उत्पादन गर्नुपर्ने भएकाले यसलाई टेन्ट बनाएर जुनसुकै मौसममा पनि तापक्रम नियन्त्रण गर्न सकिने भएकाले च्याउँ खेती जहाँ पनि गर्न सकिने उनको भनाइ छ ।

विशेष गरी च्याउ फागुन र चैतमा सबैभन्दा धेरै उत्पादन हुने गर्छ । यसको बिउ मंसिरमा मात्र लगाइने चलन छ ।

उनी भन्छन् ‘हामी नेपाली च्याउँ खेतीमा आत्मर्निभर भएपनि डस्ट च्याउमा भने अझै आत्मा निरभर हुन सकेका छैनौँ ।’

उनले भन्छन् ‘नेपालका रेस्टुरेन्ट तिर बन्ने डस्ट सुप सबै बिदेशी मुलुकबाट आएको च्याउँको धुलोबाट बन्ने गर्छ । नेपालको च्याउँलाई त्यस तर्फ अझै लान सकेका छैनौँ ।’

चीनमा च्याउ खेतिको ट्रेनिङ लिन गइसकेका उनी चीनमा उत्पादन हुने च्याउँ सरकारले किन्ने गरेको र बिउसमेत सरकारले नै अनुदानमा दिने गरेको बताउँछन् । तर, नेपालमा च्याउँको गुणस्तर नाप्ने मेसिनसमेत नभएको उनले गुनासो गरे ।

चाइनामा च्याउँ १४ देखि २१ दिनसम्म राख्दा पनि बिग्रदैन तर, नेपालमा त्यस्तो प्रविद्यी नभएकोले आज उत्पादन भएको च्याउँ आजनै खपत हुनु पर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए ।

नेपालमा भारतबाट आउने च्याउँहरु बिना जाँच आउने तर नेपालका च्याउँ भारत पुराउन खोज्दा नाकामा नै रोकिने गरेको उनको गुनासो छ । चीनबाट हाइब्रीड च्याउँको बिउ ल्याउन खोज्दासमेत विमानस्थलमा नै रोकिएको र त्यसलाई ल्याउन उच्चस्तिरीय व्यक्तिको सहयोगमा धुस ख्वाइ ख्याउनु परेको उनले सुनाए ।

अहिलेसम्म नेपाल सरकारले च्याउँ खेतीको लागि कुनै अनुदान नदिएकामा उनले गुनासो गरे । अझ कहिले काही च्याउँ बजार पुर्याउन जाँदा मोटरसाइकलमा किन झुण्डाएको भन्दै ट्राफिकले झपार्ने र १००÷२०० नदिइ फुत्कीन नपाइने उनको तितो अनुभव रहेको छ ।

भविष्यमा च्याउँ खेतीलाई औद्योगिकरण गर्न चाहान्छन् । र त्यसको लागि चीनसँग सम्झौता भए पनि अहिलेसम्म सरकारले खासैै चासो नदेखाएको उनको गुनासो रहेको छ । उनले त्यसका लागि चीनको बेल फण्डबाट सहयोग मागेका थिए । तर, त्यो अझै पुरा हुन नसकेकोमा उनको दुखेसो छ ।


क्लिकमान्डु