चुनाबको अघिल्लो रात बानेश्वरमा किन गराइयो लोडसेडिङ ? यस्तो छ रहस्य



काठमाडौँ । भक्तपुरबाट बानेश्वर आउने ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्तिमा समस्या आएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार भक्तपुरको दुवाकोट नजिकको प्रसारण लाइन चुँडिएर हिजो राती ९ बजेदेखि विद्युत आपूर्तिमा समस्या आएको थियो ।

सोही कारण बानेश्वर र पाटन क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपुत्र्तिमा समस्या आएको थियो ।

निर्वाचनको सम्बेदनशीलतालाई मध्यनजर गरी आपतकालिन व्यवस्था मिलाएर प्रभावित क्षेत्रमा विद्युत् प्रवाह गराइएको प्राधिकरणका प्रवक्ता प्रबवल अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल