पौने ३ अंकले घट्यो नेप्से, ४६ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २.७४ अंकले घटेको छ । सोमबार नेप्से १५२७.७५ अंकमा अडेको छ ।

आज १ सय ५७ कम्पनीका ८ लाख ५६ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४६ करोड ४५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

उत्पादन मूलक समूह ०.५६ र अन्य समूह ०.८७ अंकले बढेका छन् ।

बैकिङ समूह १.८३, ट्रेडिङ समूह २.२८, होटल समूह ७.१, विकास बैंक समूह ९.१, जलविद्युत समूह ३.०४, वित्तिय समूह ०.९४, बीमा समूह २६.७३, र माइक्रोफाइनान्स ५.७४ अंकले घटेका छन् ।

एभरेष्ट बैंक लिमिटेड प्रमोटर सेयर धनीले ७.४७ प्रतिशतले कमाएका छन् ।

नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थानका सेयर धनीले ५.८० प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल