४५ बर्षमा ब्यवसायिक सफलता पाएँ, राजनीतिमा अझ बढी मेहनत आवश्यक हुन्छ




म राजनीतिबाट सधैभरी टाढा हुन खोजेँ । तर, मबाट राजनीति कहिल्यै टाढा भएन । २०६४ सालको संबिधानसभा निर्वाचन पछि बनेको संविधानसभामा नेकपा एमालेबाट समानुपातिक तर्फबाट सभासद भएर गएँ । जहाँ हामी १२ जना ब्यवसायिक पृष्ठभूमीका ब्यक्तिहरु थियौं ।

हामीले संबिधानसभामा आर्थिक विकास, आर्थिक स्वतन्त्रता, नागरिक हक जस्ता विषयमा निरन्तर आफ्ना कुराहरु राखिरह्यौं ।

एमालेको मैले कुनै सक्रिय सदस्यता लिएको थिइनँ । त्यतिबेला मेरो जिम्मेवारीमा नेपाल उद्योग परिसंघ (सिएनआइ) त थियो नै, सँगै चौधरी ग्रुप (सिजी) लाई ग्लोबल ब्राण्ड बनाउनु थियो । पैसा तिरेर सभासद बन्नु थियो भने २०७० सालमा पनि म सभासद् बन्न सक्थेँ ।

४५ बर्ष लामो मेहनत र अथक परिश्रमले मैले ब्यवसायिक सफलता हात पारेको हूँ । मलाई थाहा छ कि राजनीतिमा सफल हुन त्योभन्दा धेरै मेहेनतको आवश्यकता पर्छ । म नेपाली काँग्रेसमा स्वार्थ राजनीति गर्न आएको होइन । उसको स्थीर सोच र स्पष्ट दृष्टिकोण भएको पार्टी भएकैले म नेपाली काँग्रेसमा आवद्ध भएर सक्रिय राजनीतिमा आएको हूँ ।

काँग्रेसका एजेन्डा र सोचमा केही परिवर्तन गर्न सक्ने हो भने काँग्रेस आज पनि नेपाली जनताले अस्वीकार गरेको दल होइन । समानुपातिको मत गणना हुँदैछ । समानुपातिकमा ३६ प्रतिशत मत काँग्रेसले ल्याउने देखिन्छ । काँग्रेससँग ७० बर्ष लामो गौरबशाली इतिहास छ भने उसको लक्ष्य प्रष्ट छ ।

अहिले नेतृत्व परिवर्तन गर्नु वा अहिलेको नेतृत्व हटाउनु नै समस्याको समाधान होइन । समय छ । क्रमिक रुपमा मिलाएर अगाडि जानु पर्छ ।

अहिले म स्वार्थको राजनीति गर्न काँग्रेसमा आएको होइन । दुई ठूला कम्युनिष्ट पार्टीहरु मिलेर गठबन्धन बनाइ चुनाबमा जादै गर्दा अहिलेको परिणाम अपेक्षित थियो । स्थानीय तहको निर्वाचनले पनि काँग्रेस कमजोर भएको छ भन्ने देखाएको थियो । त्यसमा पनि एमाले र माओबादी केन्द्रको बामगठबन्धन भएपनि काँग्रेस थप दबाबमा थियो नै ।

परिपक्क नेतृत्व र युवापिडीको समायोजनसहित काँग्रेसलाई नयाँ बाटो दिन सक्ने हो भने काँग्रेसको भविष्य उज्जल छ । राजनीतिमा हतार गर्नु हुदैन । समय आउँछ, आफ्नो काम गर्दै जानुपर्छ ।

अब बन्ने सरकारले के गर्ने भन्ने खोज्नै पर्दैन । यति धेरै रोडम्याप बनिसकेका छन् । कागजमा योजनाहरु प्रष्ट छन् । त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ । काम गर्नेलाई काँग्रेसको सधै सहयोग रहन्छ । हामी प्रतिपक्षमा बस्दा पनि सरकारलाई रचनात्मक सहयोग गर्छौं ।

काँग्रेसको बर्तमान नेतृत्वका विषयमा पनि प्रश्न उठेको सुनेको छु । अहिले नेतृत्व परिवर्तन गर्नु वा अहिलेको नेतृत्व हटाउनु नै समस्याको समाधान होइन । समय छ । क्रमिक रुपमा मिलाएर अगाडि जानु पर्छ ।
(नवलपरासीबाट काठमाडौं फर्किदै गर्दा चितवन एयरपोर्टमा एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै चौधरीले ब्यक्त गरेको बिचारको अंश)


क्लिकमान्डु