डाबरको चिनीबिनाको च्यवनप्राश ‘च्यवनप्रकाश’ नेपाली बजारमा



काठमाडौं । डाबर नेपालले नेपाली बजारमा ‘डाबर च्यवनप्रकाश’ प्रस्तुत गरेको छ – जुन चर्चित आयुर्वेदिक उत्पादन डाबर च्यवनप्राशको चिनीबिनाको उत्पादन प्रकार हो ।

डाबर च्यवनप्रकाश क्यालोरीका बारेमा सचेत रहने ग्राहकहरूका लागि लक्षित गरी बजारमा प्रस्तुत गरिएको कम्पनीले जानकारी दिएको छ ।

शरीर मोटो हुने तथा कोलस्ट्रोलको समस्या भएका ग्राहकहरूका लागि यो उत्पादन उपयुक्त हुने बताईएको छ ।

‘डाबर च्यवनप्रकाशमा पनि च्यवनप्राशकै गुण रहेको छ । तर यसमा चिनी नभएका कारण स्वास्थ्यप्रति सचेत रहिरहने ग्राहक तथा डाइबिटिज लागेका बिरामीहरूलाई यो उचित छ,’ डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्रसाद गोरखालीले भने ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘डाबर च्यवनप्रकाश ४० भन्दा बढी प्राकृतिक तत्वहरूको समिश्रणले बनेको छ जसले रूघा–खोकी जस्ता बिमारीहरूबाट बचाई शक्ति र स्टेमिना बढाउँछ ।’

डाबर च्यवनप्रकाश ५०० ग्राम २७५ रुपैयाँ तथा ९०० ग्राम ४८५ रुपैयाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु