प्रत्यक्षमा एमालेमुक्त भएको रसुवामा समानुपातिकमा भने एमाले पहिलो, कांग्रेस दोस्रो



काठमाडौं । रसुवा मात्रै यस्तो जिल्ला हो, जहाँको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा एमाले निल भएको थियो । प्रत्यक्षतर्फमा यसरी एमालेमुक्त भएको रसुवामा समानुपातिक तर्फ भने एमाले पहिलो पार्टी बनेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फको समानुपातिकमा एमाले पहिलो छ ।

प्रतिनिधिसमातर्फ ७८२२ मत ल्याउँदै एमाले पहिलो बनेको हो । प्रत्यक्षतर्फको प्रतिनिधिसभामा जितेको कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा मात्रै छ ।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ६५९७ मत ल्याएको छ । प्रत्यक्षमा भने कांग्रेसका मोहन आार्यले चुनाब जितेका थिए ।

रसुवामा नयाँ शक्ति नेपाल पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ भने माओवादी केन्द्र चौथो स्थानमा छ । नयााँ शक्तिले ५ ४९१ र माओवादी १८२३, विवेकशील साझा पार्टीले ३४१, राप्रपाले २७३ मत पाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्य 7822
नेपाली काँग्रेस रुख 6597
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा 5491
माओवादी केन्द्र गोलाकारभित्रको हसिया हथौडा 1823
विवेकशील साझा पार्टी तराजु 341
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई 273
मंगोल नेशनल अर्गनाइजेसन कुखुराको भाले 113
नेपाल लोकतान्त्रिक जनता काँगे्रस दुई आँखा 75
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी 68
राष्ट्रिय जनमोर्चा गिलास 42
एकीकृत राप्रपा (राष्ट्रवादी) आयाताकारभित्रको हलो 37
एकल चिन्ह हसिया तारा लिएका हँसिया तारा 37
नेपाली जनता दल गोरु गाडाको चक्का (पाङ्ग्रो) 29
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल 22
नेपाल मजदुर किसान पार्टी मादल 19
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) गाग्री 13
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो 12
नेपाल संघीय समाजवादी पार्टी बस 10
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल षटकोण 10
राष्ट्रिय जनमुक्ति पार्टी घर 7
चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो 6
ग्रीन पार्टी नेपाल ऊँट 5
जनशक्ति नेपाल गोलाकारभित्र छाता 5
नेपालवाद तारापूञ्ज 5
नेपाल युवा किसान पार्टी केराको काईंयो 4
आमूल परिवर्तन मसिहा पार्टी नेपाल हृदय 3
राष्ट्रिय जनता पार्टी नेपाल छाता 3
बहुजन शक्ति पार्टी जग 3
लिवरल डेमोक्रेटीक पार्टी दमाहा 2
देशभक्त समाज जरायो 2
देशभक्त लोकतान्त्रिक पार्टी ऐना 2
एकल चिन्ह सिपाही लिएका सिपाही 2
नेपाल जनता पार्टी कमलको फूल 2
राष्ट्रिय समाजवादी पार्टी, नेपाल पृथ्वी 2
संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल हवाईजहाज 1
नेपाल दर्शन भुईंकटहर 1
हाम्रो पार्टी धारा 1
नेपाल दलित पार्टी इनार 1
तामाङसालिङ लोकतान्त्रिक पार्टी बज्र 1
नेपाल नौलो जनवादी पार्टी चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा 1
युवा नेपाल पार्टी मोटर साईकल 1
जनप्रजातान्त्रिक पार्टी, नेपाल गैंडा 1
नेपाली कांगे्रस (बी.पी.) करुवा 1
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) कोदालो 0
राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल डाँफे 0
नेपाः राष्ट्रिय पार्टी खड्ग 0
नेपाल समावेशी पार्टी सुगा 0
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दाप सहितको खुकुरी 0
नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) डोको 0


पुष्प दुलाल