लक्ष्मी बैंकको “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट)



काठमाडौं । लक्ष्मी बैंकले नयाँ बचत खाता योजना “लक्षित मुद्दती” (रिकरिङ्ग डिपोजिट) सार्वजनिक गरेको छ ।

लक्षित मुद्दती, नियमित आम्दानी हुने ग्राहकहरुको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको हो । यो खातामा ग्राहकहरुले मासिक न्यूनतम ५ सय रुपैयाँ वा सो भन्दा बढि जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

ग्राहकले जम्मागर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।

साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्राप्तगर्न सक्नेछन् ।

सम्पूर्ण नयाँ तथा पुराना ग्राहकहरुले “लक्षित मुद्दती” को प्रारम्भिक योजनाअन्र्तगत वार्षिक ९ प्रतिशत सम्म व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु