लर्ड बुद्ध एजुकेसन फाउण्डेसनद्धारा सूचना प्रविधि र बिजनेश एडमिनिस्ट्रेशनमा स्नातकोत्तर तह शुरु



काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले आफ्नो सहयोगी संस्था कलेज फर प्रोफेशनल स्टडिजमार्फत एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकोक्तर स्तरको मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट र मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशन विषयमा अध्यापन शुरु गरेको छ ।

दुवै विषयहरु २ वर्ष (४ सेमेस्टर) मा सम्पन्न हुने क्याम्पसले मंगलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । क्याम्पसले ले २०१५ देखि सो विश्वविद्यालयबाट स्नातक स्तरको बिएस्सी आईटी र बिबिएम विषयमा अध्यापन गराउदैं आएको छ ।

कलेजकाअनुसार मास्टर अफ साईन्स ईन ईन्फरमेशन टेक्नोलोजी म्याजमेन्ट कार्यक्रम सूचना प्रविधि क्षेत्रमा आफ्नो किसिमको पहिलो कार्यक्रम हो । यस विषयमा भर्ना हुन चाहने विद्यार्थीहरु सूचना प्रविधी विषयमा स्नातक उत्तिर्ण भएको हुनुपर्ने छ ।

त्यस्तै मास्टर ईन बिजनेश एडमिनिस्ट्रेशनमा ४५ प्रतिशत अंक प्राप्त गरी कुनै पनि विषयमा स्नातक उत्तिर्ण गरेको विद्यार्थीहरुले भर्ना गर्न पाउने फाउण्डेसनले जनाएको छ ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि एसिया प्यासिफिक यूनीभर्सिटीसँगको सहकार्य फलदायी हुने कुरामा संस्था आशावादी रहेको संस्थाका अध्यक्ष पंकज जालानले बताए ।


क्लिकमान्डु