यसकारण हटेन नेपाली हवाई आकाश ईयुको कालोसूचीबाट



काठमाडौं । विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई युरोपेली आयोगले कालोसूचीमा राख्दै आएको छ । गत साता आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पुरा नगरेका युरोप भन्दा बाहिरका दर्जनौ एयरलाइन्स कम्पनीहरुको सूची सार्वजनिक पुनः सार्वजनिक गरेको छ । जसमा नेपाललाई पनि निरन्तरता दिएको छ ।

गत २०७० साल मंसिर २० बाट लगाएको प्रतिवन्धलाई पुनः निरन्तरता दिएको छ । सूचीमा निरन्तरता दिएको ईयुले नेपाल नागरिक उड्डयन प्राधिकरण नेर्तृत्वलाई जनवरी १५ मा छलफलको लागि बोलाएको छ ।

अन्तर्राष्ट्रय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट नेपाल चार महिना अगाडी बाहिरिएको हो । आइकाओको सूचीलाई हेरेर इयुले कालो सूचीमा नेपाललाई ४ वर्ष अगाडि राखेको भएता पनिलाई नेपाललाई निरन्तरता दिदै छलफलको लागि बोलाएको प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

“आइकाओले पठाएका सवै डकुमेन्ट हामिले ईयुलाई पठाएको तर सूचीबाट नहटाएर छलफलको लागि बोलाएको छ,” श्रेष्ठले भने । ईयुले ६/६ महिनामा सूची सार्वजनिक गर्ने भएकोले अव नेपालसंगको छलफलपछि हटाउनेमा प्राधिकरण आशावादी रहेको श्रेष्ठ बताउँछन् । ईयुले डिसेम्बर र जुनमा सूची सार्वजनिक गर्दै आएको छ ।

गत असार १९ मा आइकाओले औंल्याएका कमजोरी सुधार भएरनभएबारे उडान सुरक्षा अडिट गर्न आइकाओका दुईजना विज्ञ काठमाडौं आइपुगेका थिए । उक्त टोलीले नेपालमा भइरहेको वायुयान सञ्चालन र वायुयान मर्मत सम्भार क्षेत्रको अवस्थाबारे अध्ययन तथा सम्परीक्षण गरेका थिए ।

आइकाओले कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) भनिएको यो टोलीको अध्ययनपछि गएको साउनमा नेपालमाथिको ‘रातो झन्डा’ अर्थात गम्भीर सुरक्षा चासो (एसएससी) सूचिबाट हटाएको थियो । त्यसलगत्यै प्राधिकरणले ईयुलाई पत्र लेख्दै कालोसूचिबाट हटाउन आग्रह गरेको थियो ।

नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदको अन्तिम तयारी गरिरहेको छ । निगमले वाईडबडी ३३०-२०० सिरिजको जहाज मार्फत युरोपका मुलुकहरुमा उडान गर्ने लक्ष्य लिएको छ ।

ईयुले कालो सूचिबाट नहटाएसम्म निगमले युरोपका कुनै पनि मुलुकमा उडान भर्न पाउने छैनन् । ईयूको प्रतिबन्धित सूचीबाट नेपालले मुक्ति पाएपछि मात्रै नेपाली एयरलाइन्सका विमान र हेलिकप्टरलाई उनीहरुका मुलुकमा चार्टर उडानका लागि बाटो खुला हुनेछ ।

नेपालको हवाई क्षेत्रका बारेमा आइकाओले पहिलो पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो । भने २००१ नेपालमा पहिलो पटक आइकाओले औपचारिक रुपमा अडिट गरेको थियो । त्यस समयमा पनि हवाई सुरक्षाको कुरा उठाएको थियो । पुनः आइकाओले सन् २००४ र २००८ मा पनि आइकाओले अडिट गरेको थियो ।

ईयुले एओसी दिदाँको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदन सहित ८ वटा नेपालमा सेप्टेम्बर २०१२ र सेप्टेम्बर २०१३ को विचमा तिनवटा दुर्घटना हुनु लगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।


क्लिकमान्डु