के डबल ह्याट्रिक गर्लान विजय गच्छदारले, यस्तो छ ताजा मत परिणाम



काठमाडौं । नेपाली काँग्रेससंग चुनावको मुखमा पार्टी एकिकरण गरेका बिजयकुमार गच्छदारले यस अघिका ५ वटै निर्वाचन जितेका छन् ।

२०४८ सालमा नेपाली काँग्रेसबाट निर्वाचन जितेका गच्छदारले क्रमश २०५१ र २०५६ सालसम्मका निर्वाचन नेपाली काँग्रेसमा नै रहेर जितेका हुन् ।

मधेस आन्दोलन पछि नेपाली काँग्रेस छोडर मधेसी जनाधिकार फोरमा पुगेका गच्छदार २०६४ सालको निर्वाचन फोरमको मसाल छाप चिन्न लिएर जितेका थिए ।

२०६६ सालमा उपेन्द्र यादबसँग छुट्टिएर मधेसी जनाधिकार फोरम लोकतान्त्रीक बनाएका उनले २०७० सालको निर्वाचनमा आफ्नै पर्टीको चुनाव चिन्न दुइहातले गरेको नमस्कार लिएर जितेका थिए ।

यसपटकको निर्वाचनमा पुन नेपाली काँग्रेसमा फर्किएका उनी मतगणनाको सुरुवाति चरणदेखि नै पछाडि परेका थिए । मत गणनाको अन्तिम चरण नजिक आईपुग्दा उनले अग्रता बनाएका छन् ।

वामगठबन्धनबाट नेकपा एमालेकी नेतृ भगवती चौधरीसँग उनले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्मको मत गणना अनुसार गच्छदारले २६ हजार ८० मत पाएका छन् भने चौधरीले ३५ हजार ५ सय ६१ मत ल्याई पछ्याई रहेकी छिन् ।


क्लिकमान्डु