गाँजा कम्पनीको सेयर किन्दा…



गाँजालाई हाम्रो समाजमा त्यति राम्रो दृष्टिकोणबाट हेरिँदैन । कसैले गाँजा खाएको देखेमा वा शंका लागेमा समाजले उसलाई गँजडीको बिल्ला भिराइहाल्छ । यो सबैको कारण हो कानुन । हाम्रा कानुनले गाँजाको कारोबार, प्रयोगलाई गैरकानुनी भनेको छ । र, हरेक बर्ष विभिन्न ठाँउमा गाँजा कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका र गाँजा खेती नष्ट गरेका समाचार प्रसस्त सुन्न र पढ्न पाइन्छ ।

विश्व बजारमा गाँजाको उत्पादन र कारोबार विस्तारै गैरकानुनीबाट कानुनी बन्दै गएको छ । विकसित देशहरुले यसलाई औषधि र मनोरन्जनको वस्तुको रुपमा प्रयोग गर्न कानुनी मान्यता दिन शुरु गरेका छन् । क्यानडाको सरकारले गाँजाको उत्पादन र कारोबारलाई कानुनी मान्यता दिइसकेको छ भने अमेरिकाले धेरै राज्यमा गाँजालाई कानुनी मान्यता दिइसकेको छ ।

गाँजा कम्पनीप्रतिको लगानीकर्ताको आकर्षण र नयाँ बजार भएका कारण प्राय कम्पनीका सेयर एक बर्षभित्र १० गुणाभन्दा बढीले बढ्ने सम्भावना देखिन्छ ।

औषधि र मनोरन्जनकारुपमा प्रयोग गरिने गाँजाका सयौं प्रकारका उपभोग्य वस्तुको विकास भइरहेका छन् । जसको प्रतिलिपि अधिकार सुरक्षित गर्न उत्तर अमेरिकी कम्पनीहरु दौडधुपमा लागेका छन् । अन्य व्यवसाय गरेका धेरै क्यानेडियन कम्पनी पुरानो व्यवसाय छाडेर गाँजाको व्यवसायमा आकर्षित भएका छन् ।

अहिले करिब सयको हाराहारीमा यस्ता कम्पनी क्यानडाको स्टक एक्सचेन्जमा सुचिकरण भएका छन् । जसको कारोबार हरेक दिनजसो बढ्दो छ । क्यानडामा मात्र वार्षिक करिब २२ अर्व डलर बराबरको गाँजाको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ । जुन अमेरिकाको एउटा राज्यमा हुने कारोबार बराबर मात्र हो । गाँजा उत्पादन र त्यसको व्यवसायले कानुनी मान्यता प्राप्त गर्दै जाँदा विश्व बजारमा ठुलै नयाँ उद्योगको विकास हुने देखिएको छ ।

करिब ९ महिनादेखि टोरन्टो स्टक एक्सचेन्जमा सूचीचकृत एउटा कम्पनीले मेरो ध्यान तानिरह्यो । ३ डलरभन्दा कम मूल्य भएको उक्त कम्पनी सो एक्सचेन्जमा सँधैजसो धेरै कारोबार हुने कम्पनीको सूचीमा पहिलो नम्बरमा हुने गर्थ्यो । र, अझै पनि पहिलो नम्बरमा नै छ । त्यो कम्पनी गाँजाको उत्पादन, प्रशोधन र व्यापार गर्ने कम्पनी थियो ।

कलेज र क्यानेडियन सेयर बजारको कोर्ष सकेपछिको मेरो पहिलो सेयर कारोबार यहि नयाँ उद्योगबाट सुरु भयो । परिक्षण भइनसकेको नयाँ उद्योगका जोखिमका बारेमा बजार कता जाला भन्ने कौतुहल जागिरहन्थ्यो । पर्याप्त बजारको सम्भाबना रहेको यस उद्योगले तत्कालको मागसम्म धान्न नसकिरहेका समाचारहरुले बिस्तारै आत्मविश्वास बढाउँदै लगेको छ ।

कलेज भर्ना गरेपछि लगानी शुरु नभए पनि यहाँको सेयर बजार र यसको प्रवृत्तिका बारेमा चासो रहि नै रह्यो । यहाँका स्टक एक्सचेन्जका वेवसाइट दिनमा एकपटक चिहाउनु मेरो दैनिकी नै बनिसकेको थियो । यसबीचमा करिब ९ महिनादेखि टोरन्टो स्टक एक्सचेन्जमा सूचीचकृत एउटा कम्पनीले मेरो ध्यान तानिरह्यो । ३ डलरभन्दा कम मूल्य भएको उक्त कम्पनी सो एक्सचेन्जमा सँधैजसो धेरै कारोबार हुने कम्पनीको सूचीमा पहिलो नम्बरमा हुने गर्थ्यो । र, अझै पनि पहिलो नम्बरमा नै छ । मूल्य धेरै नभए पनि दैनिक उच्च संख्यामा सेयर कारोबार हुने त्यो कम्पनी गाँजाको उत्पादन, प्रशोधन र व्यापार गर्ने कम्पनी थियो ।

लेखक भट्टराई

कलेज सकेसँगै यहाँको बाणिज्य बैंकमा गएर मैले सेयरको अनलाइन कारोबार गर्न खाता खोलेँ । बैंकले सीधै ब्रोकरको काम नगरे पनि यहाँ हरेक बाणिज्य बैंकका सहायक कम्पनी छन् जसले सेयर ब्रोकरको काम गर्छन् ।

तर अनलाइन कारोबारको खाता भने बैंकको जुनसुकै शाखामा गएर पनि खोल्न सकिन्छ । सहायक कम्पनीले ब्रोकरको काम गरे पनि वेवसाइट भने बैंककै प्रयोग गरिन्छ । जसबाट एउटै युजर नेम र पासवर्डले सीधै बैंक खाता र सेयर कारोबार खातामा जान सकिन्छ ।

बैंकमा रहेको आफ्नो खाताबाट सेयर कारोबार खातामा पैसा सारेर आफुले चाहेको कम्पनीको सेयर किन्न र बेच्न सकिन्छ । कारोबारको रमाइलो पक्ष आफ्नो क्षमताअनुसार चाहेको संख्यामा सेयर किन्न सक्नु नै यहाँको विशेषता हो । जहाँ एक सेन्ट (एक पैसा) भन्दा कमदेखि १००० डलरभन्दा माथिका सेयर किन्न सकिन्छ ।

अनलाइन कारोबार खाता खोलेपछि विकसित देशको अत्यन्तै विकसित कारोबार प्रणालीको युजर नेम र पासवर्ड लिएर त्यसभित्र लुकेका रहस्यहरु चिहाउने कौतुहल ममा बढी नै थियो । जसको अर्थ प्राविधिकरुपले उनीहरु कहाँसम्म पुगेका छन् भनेर हेर्नु पनि थियो ।

मैले २.९१ डलरमा किनेको सेयर २ महिनाभित्र ८ डलर पुग्यो । सरकारले यी कम्पनीलाई करमा सहुलियत दिने र कानुनी बजारको गाँजाको मूल्य कालोबजारीभन्दा कम गर्ने प्रयास गरिरहेको छ । जसकारण यस्ता कम्पनीको सेयर मूल्य दिनमा ४०/५०% सम्मले बढेको पाइन्छ ।

कारोबार प्रणालिभित्र अटाएका सुचना, प्राविधिक विश्लेषण, आधारभुत विश्लेषण, कम्पनी विश्लेषकका प्रतिवेदन, किन्न र बेच्ने सल्लाह, नाफा नोक्सानको गणना, समग्र बजारसँग पोर्टफोलियोको नाफा–नोक्सानको तुलना, कम्पनीभित्रका कर्मचारी, संचालक, कार्यकारी प्रमुखले सेयर किनेको बेचेका प्रतिवेदनजस्ता विविध पक्षले लगानीकर्तालाई सुसूचित निर्णय गर्ने पर्याप्त आधार प्रस्तुत गरेको छ । यही प्रविधिभित्र छिरेर ९ महिनादेखि मेरो ध्यान खिचेको गाँजा कम्पनीको सेयर मैले पनि आफ्नै हातले किन्ने अवसर पाँए ।

सेयर मैले आफैँ किने पनि ब्रोकर कमिशन भने तिर्नुपर्ने हुन्छ । मैले किनेको एक महिनामा उक्त कम्पनीको सेयर मूल्य दोब्बर भयो । २.९१ डलरमा किनेको सेयर दुई महिनाभित्र ८ डलर पुग्यो । गाँजाको कालोबजारी वा प्रणालीभन्दा बाहिरको बजारलाई निरुत्साहित गर्न यहाँको सरकारले यी कम्पनीलाई करमा सहुलियत दिने र कानुनी बजारको गाँजाको मूल्य कालोबजारीभन्दा कम गर्ने प्रयास गरिरहेको छ । जसका कारण पनि यस्ता कम्पनीको सेयर मूल्य दिनमा ४०-५० प्रतिशतसम्मले बढेको पाइन्छ । सोहि कारण कतिपय समाचारमा गाँजा कम्पनीको सेयरको मूल्य बृद्धिलाई विटक्वाइनसँग तुलना गरेको पनि पाइन्छ ।

नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार सुरु गर्ने कुरा गरेसँगै नेपाली लगानीकर्तामा आफ्नै हातले चाहेको कम्पनीको सेयर आफुले चाहेको मूल्यमा किन्ने उत्सुकता बढी नै छ ।

गाँजा कम्पनीप्रतिको लगानीकर्ताको आकर्षण र नयाँ बजार भएका कारण प्राय कम्पनीका सेयर एक बर्षभित्र १० गुणाभन्दा बढीले बढ्ने सम्भावना देखिन्छ ।

नेपाल स्टक एक्सचेन्जले अनलाइन कारोबार सुरु गर्ने कुरा गरेसँगै नेपाली लगानीकर्तामा आफ्नै हातले चाहेको कम्पनीको सेयर आफुले चाहेको मूल्यमा किन्ने उत्सुकता बढी नै छ । त्यही कारोबार पोर्टलबाट विश्वमा छरिएर रहेका नेपालीले नेपाली कम्पनीको सेयर किन्न पाउने सपना पूरा हुनेमा विश्वस्त छन् ।

तर आफ्नो वेवसाइटलाई समयसापेक्ष परिवर्तन गर्न नसकिरहेको नेप्सेले अनलाइन कारोबार गर्ने प्रविधि कति एडभान्स, लगानीकर्तामैत्री र सुरक्षित बनाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

सेयर बजार विश्लेषक भट्टराई क्यानडामा शशुल्क सेयर कारोबार तरिका सिकाउँछन् ।


पुष्प दुलाल