डेरीबाट दूधजन्य सामग्रीको उत्पादन



झापा । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ ।

कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)सँगको संयुक्त लगानीमा अर्जुनधारा–८ स्थित पूर्वाद्र्ध कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मोही, घ्यू, पनिर, आइसक्रिम लगायतका दूधजन्य सामग्री उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष कमलबहादुर भण्डारीले बताए ।

उद्योगबाट दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायत उत्पादन भइरहको छ । दूध प्रतिप्याकेट ३५ रुपैयाँ, दही ४५ रुपैयाँ, मोही २० रुपैयाँ, घ्यू  ३५० रुपैयाँ, पनिर २७५ रुपैयाँ र आइसक्रिम प्रतिप्याकेट १९० रुपैयाँमा बिक्री भइरहेको छ । सो उद्योग स्थापना गर्न हालसम्म तीन करोड ५० लाख रुपैयाँ खर्च भएको बताइएको छ ।


क्लिकमान्डु