महानगरले २३औं दिवसमा करदातालाई सम्मान गर्ने




काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार २३ औं महानगर दिवस मनाउने भएको छ । जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहिसहित महानगर दिवस धुमधामका साथ बनाउने तयारीमा महानगर छ ।

२० बर्षदेखि स्थानीय तहको निर्वाचन हुन नसक्दा जनप्रतिनिधि विहिन बनेको महानगरले जनप्रतिनिधिको आगमनसँगै विविध कार्यक्रमसहित दिवस मनाउन लागेको हो ।

महानगरदिवसको उपलक्ष्यमा शुक्रबार महानगरको कार्यालय बन्द रहने काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

‘महानगरदिवसको उपलक्ष्यमा जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहि सहितको कार्यक्रम हुन्छ, सेवाग्राहिको सुविधाका लागि भोलि कार्यालय बन्द गर्न लागिएको हो,’ कार्कीले क्लिमाण्डूसँग भने ।

यसरी मनाइदैछ महानगर दिवस

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, नगरबासी सहित विहान साढे ७ बजे प्रभातफेरीको आयोजना गर्नेछ । बसन्तपुरबाट प्रभातफेरी प्रारम्भ भई राष्ट्रिय सभागृहको हलमा विषेश कार्यक्रम सहित समापन गरिने छ ।

प्रभातफेरीमा सहभागिले सहरको सरसफाई गर्ने प्रवक्ता कार्की बताउँछन् ।

कर्मचारी र करदातालाई सम्मान गर्ने

महानगरदिवसको उपलक्ष्यमा कर्मचारी र करदातालाई सम्मान गरिने छ । महानगरले २५ बर्षसम्म महानगरमा कार्यरत कर्मचारीलाई दिर्घ सेवा पदकबाट सम्मान गर्ने प्रवक्ता कार्की जानकारी दिन्छन् ।

यस्तै, महानगरदिवसमा उत्कृष्ट करदातालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । महानरले उत्कृष्ट करदाता पुरस्कारबाट एक व्यक्ति र संस्थालाई सम्मान गर्ने कार्की बताउँछन् ।


क्लिकमान्डु