लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । लक्ष्मी बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न भएको १७ औं साधारणसभाले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनका लागि बैंकले १० प्रतिशत बनोस सेयर जारी गर्न लागेको हो । साधारण सभाबाट पारित बोनस सेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड पुगेको छ ।

सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३÷०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आर्थिक बर्ष २०७३/७४ मा  ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । यस्तै बैंकको वासलातको आकार ७० अर्ब रुपैयाँ छ । साथै, बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफाआर्जन गर्न सफल भएको जनाएको छ ।


क्लिकमान्डु