७ सय रुपैयाँमै पनि पाइन्छ जाडो भगाउने ज्याकेट




काठमाडौं । काठमाडौंमा जाडो बढ्दैछ । नेपाली बजारमा चीनमा बनेका जाडोका ज्याकेट तथा कोर्टहरु भित्रिसकेका छन् । चीनबाट ज्याकेट, कोर्ट र स्विटरहरु भित्रिने क्रममा असरन, न्यूरोड, महाँबौद्धमा मानिसहरुको चाप निक्कै बढेको छ ।

पछिल्लो समय न्यूरोड, असन तथा महाँबौद्धका होलसेल र खुद्रा पसलहरुमा ७ सयदेखि ८ हजार रुपैयाँसम्मको ज्याकेट, स्विटर र कोर्टहरु विक्रीमा राखिएको छ ।

न्यूरोडमा रहेको श्रवी स्टोरमा नेपालमै बनेका ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका विभिन्न ज्याकेटहरु विक्रीमा राखिएको छ । सो पसलमा रहेका ज्याकेटहरु होलसेलमा मात्र विक्री गर्ने गरेको व्यापारी नितेश शाहीले बताए ।

‘हाम्रोमा आउने सबै ज्याकेट तथा स्विटरहरु डल्लुस्थित फ्याट्रीमा बन्ने गर्छन् । हामी खुद्रा पसलहरुलाई मात्र होलसेल मूल्यमा बेच्छौं,’ शाही भन्छन् ।

सो पसलमा चाइनिज तथा नेपाली मेट्रियलसबाट बनेका बच्चादेखि वृद्धसम्मका लेडिज तथा जेन्स ज्याकेटहरु छन् ।

यस्तै न्यूरोडमै रहेको जेन ट्रेडर्समा रहेका ज्याकेटहरु ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा विक्री भैरहेका छन् । जेन ट्रेडर्सकी व्यापारी मन्दिरा अधिकारी भन्छिन् ‘जाडो सुरु भैसक्यो, व्यापार छैन । चाइनाबाट सामान काठमाडौं भित्र्याउनै ३ महिना लाग्छ । भन्सारमै २ महिना सामान रोकिन्छ । व्यापारमा घाटैघाटा छ ।’

महाँबौद्धमा रहेको राजु लिगलको खुद्रा पसलमा भने जाडोका स्विटरहरु २ सय रुपैयाँदेखि ५ सय रपैयाँसम्ममा विक्री भएको पाइयो । उनले आफ्नो पसलमा बढी गर्मीको लुगा मात्र व्यापार हुने भएकाले जाडोका कपडाहरु खासै नभएको बताए ।

इन्द्रचोकमा रहेको टुहट पसलमा २ हजार रुपैयाँदेखि २ हजर ५ सय रुपैयाँसम्मको ज्याकेटहर विक्रीमा राखिएको छ । टुहटका व्यापारी प्रखयान्तमुनि तुलाधार भन्छन् ‘हाम्रोमा आउने सबै ज्यनकेटहरु हङकङको हो ।’

यस्तै इन्द्र चोककै सुदिना लेडिज वेयर सेन्टरमा रहेका लेडिज ज्याकेटहरु १ हजार ५ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा विक्री भैरहेको विक्रेता मिना हुमागाईं बताउछिन् ।

एसएस आउट फिट्समा भने लेडिज तथा जेन्स स्विटर र ज्याकेटहरु ८ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा विक्रीमा राखिएको छ ।

यहाँ रहेको स्विटरहरु ८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँमा विक्री हुने गर्छ भने ज्याकेट २ हजार रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्ममा विक्री हुने गरेको सो पसलका व्यापारी उज्वल श्रेष्ठले बताए ।

यस्तै बालकुमारीमा रहेको ज्याकेट तथा कोर्ट पसलमा २ हजार रुपैयाँदेखि ८ हजार ५ सय रुपैयाँसम्ममा विक्री भैरहेको विक्रेता डिम्पल श्रेष्ठले बताइन् ।


क्लिकमान्डु