‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम बम्पर उपहार नीलमणिले पाए



काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् ।

मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बेसडरद्वय दीपक राज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

निर्देशक ढकालले आइएमईले ल्याएको पर्व लक्षित यस्ता अफरहरुले सेवा र हाम्रा आम सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको धारणा राखे ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जा अफरको विषयमा प्रकाश पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताए ।

गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशकालाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ५,०४० (पाँच हजार चालिस), पाक्षिक ‘लक्की ड्र’ मा ६ (छ ) र बम्पर ‘लक्की ड्र’ २ (दुई) जना पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु