शिखर शुज क्रेजि सेल्स मंसीर २८ देखि



फाइल

काठमाडौ, २९ मंसीर । कम्पनी शिखर शुजले भृकुटीमण्डपमा भएको क्रेजी मेलाको अपार सफलता पछि अब छुटेका ग्राहकहरुलाई ध्यानमा राखी ”शिखर क्रेजि सेल्स” योजना ल्याएको छ ।

शिखर क्रेजि सेल्स, मंसीर २८ गतेबाट सिमित अवधिसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशत सम्मकोे भारीछुट पाइने कुरा कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

कम्पनीको ”शिखर क्रेजि सेल्स” योजना नेपालभर रहेका आधिकारीक शोरुमहरुमा संचालन हुने जानकारी दिएको छ । ग्राहकहरुको लागी सस्तो र शुलभ मूल्यमा जुत्ता तथा चप्पलहरु उपलब्ध गराउने उद्देश्यले क्रेजि सेल्स आयोजना गरीएको कुराकम्पनीले जनाएको छ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाका जुत्ता एवं जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरु उत्पादन गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु