सिटिजन्स बैंकको नयाँ मुद्दती योजना, साढे ९ प्रतिशत ब्याज




काठमाडौं । सिटिजन्स बैंकको नयाँ मुद्दती बचत खाता योजना अन्तरगत ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको योजनामा न्यूनतम मौज्दात १लाख रुपैयाँ छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ ।

बैंकका ६७ वटा शाखा छन् । यो सुविधा सम्पुर्ण शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु