विवेकशील साझा प्रदेश नम्बर ३ मा चौथो ठूलो दल



काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक मत प्राप्त गरेको आधारमा पछिल्लो समय चर्चामा रहेको विवेकशील साझा पार्टी छैठौं स्थानमा रहन सफल भएको छ । विवेकशील साझा पार्टीले प्रदेश ३ मा मात्रै चौथो दलको रुपमा आफूलाई उभ्याएको छ ।

सो दलले प्रदेश नम्बर ३ को समानुपातिक तर्फ हालसम्म १ लाख १७ हजार ३ सय ४५ मत हासिल गर्न सफल भएको छ । यो मतको आधारमा विवेकशील साझा पार्टी प्रदेश नम्बर ३ मा चौथो स्थानमा रहेको छ ।

समग्ररुपमा भने विवेकशील साझाले हालसम्म समानुपातिकतर्फ २ लाख २ हजार १ सय ३६ मत हासिल गर्न सफल भएको छ ।

विवेकशील साझाले समानुपातिक मत तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति, नेपाल मजदूर किसान पार्टी जस्ता पुराना पार्टीहरुलाई पनि पछाडि पारेको छ ।

सो दलले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ कुनैपनि सदस्यता हासिल गर्न सकेको छैन् भने समानुपातिकतर्फ पनि ३ प्रतिशत मत नकटाएको हुँदा राष्ट्रिय दलको रुपमा भने मान्यता पाउने छैन् ।

प्रदेश सभाको लागि १‍.५ प्रतिशत भोट पाउने दलले प्रतिनिधित्व गर्न पाउने प्रावधान रहेको छ ।


क्लिकमान्डु