माछापुच्छ्रे बैंकले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्यायो



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले भिमदत्त नगरपालिका वडा नं–१६, माँझगाउँचौराहा र बेदकोट नगरपालिका वडा नं–८, समादाईजी साथै बैजिनाथ गाउँपालिका वडा नं–२ ,नौबास्तागरी ३ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा सो स्थानहरुमा ३ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित बैंकको हालसम्म ९ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

बैंकको ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ९ शाखा रहित बैकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।


क्लिकमान्डु