साइबर सुरक्षाका बारेमा सचेतनामूलक कार्यक्रम



काठमाडौं। साइबर सुरक्षाका विविध आयामहरुको बारेमा सचेतनामूलक तथा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको छ ।

सूचना तथा प्रविधि विभाग र इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले संयुक्तरुपमा आयोजना गरेको साइबर सेक्यूरिटी एण्ड क्राईम विषयक कार्यक्रममा अन्तराष्ट्रिय विज्ञ डा ममौन अलाजावबे आफ्ना अनुभवहरु बाँडे ।

उनले विश्वमा पछिल्ला दिनहरुमा भईरहेका साइबर आक्रमणको अवस्था र त्यसको प्रभावको बारेमा बताएका थिए ।

‘अहिलेको अवस्थामा कुनैपनि डिभाइसबाट व्यक्तिको गोपनियता चोर्न सकिने र साइबर आक्रमण गर्न सकिन्छ,’ उनले भने ।

डा अलजाबले मोबाइल फोन तथा पेनड्रार्इभ जस्ता उपकरण तथा इमेलबाट समेत साइबर आक्रमण हुने गरेको जानकारी दिए ।

कार्यक्रममा डा अलजाबले विभिन्न प्रश्नहरुको जवाफ दिँदै साइबर आक्रमणबाट बच्न आफैं सजग हुनुपर्ने सुझाव दिए ।


क्लिकमान्डु