यी ९ काम गर्नुस् ३० बर्ष पछि तपाईको जीवन शानदार बन्न सक्छ



काठमाडौं । मनिसको जीवनको २० देखि ३० वर्ष बीचको समय सबैभन्दा अहम भुमिका हुने गर्छ । मुख्यतयाः तपाईको २० वर्षदेखि ३० बर्षसम्मको १० बर्षे अबधिमा भएका कामले ३० वर्षपछिको उमेर कसरी बित्छ भन्ने कुराको निर्धारण गर्छ ।

यसै कुरालाई ध्यानमा राखेर जानकारहरुले सफल जीवनका ९ सुत्र बनाएका छन् ।

समय टेलिभिजन हेरेर बर्बाद नगर्नुस्: पछिल्लो समय लगभग हरेक घरमा टेलिभिजन हेरेर समय बिताउने धेरै मानिस भेटिन्छन् । यसलाई काउच पोट्याटो भन्ने गरिन्छ । तपाईले टिवी हेरेर, भिडियो गेम खेलेर या सिरेल हेरेर काउच पोट्याटोको उपाधी पाउनु भएको छ भने त्यसले तपाईको आगामी जीवन सुखमय बनाउन सक्दै ।

सधै नयाँ कुरा सोचने गर्नुसः हाम्रो सबै डिग्रीहरु एउटा खाली कागजको टुक्रा जस्तै हुन्छन् यदी हामीले त्यसलाई पाउनको लागी तनमन लगाएनौँ भने । जस्तो असाइनमेन्ट गर्नु, प्रोजेक्ट बुझाउनु र केही अंक पाएर पास हुनुलाई उपलब्धी मान्न सकिदैन । त्यसैले यस्तो कुरा सिक्नुहोस् जुन तपाईको वास्तविक जीवनमा काम आउन सकोस ।

समयको प्रयोगः यो ९ सुत्र मध्येकै सबैभन्दा महत्वपूर्ण सुत्र हो । २० देखि ३० वर्षको बीचमा भएभरको समय हामी टिभी हेरेर वा मोजमस्ति गर्ने कुराहरु क्षणीक रमाइलो भन्दा केही होइनन् । त्यसैले यो समयलाई तपाईको राम्रो इन्भेन्सन र सिकाइमा बिताउनुस जसले तपाईको भविष्यमा राम्रो होस् ।

अतितलाई भुलेर खुसी हुनेः बिगतका तिता मिठा यादलाई भुलेर अगाडि बढ्ने गर्नुहोस् । नत्र तपाई बिगत सम्झेर बस्नुभयो भने बर्तमान अगाडि बढ्न सक्दैन र भबिष्य अन्धकार हुनसक्छ ।

यात्राः सबै मानिसलाई ३० वर्ष पछिको उमेर घुमेर धेरै ठाउँमा यात्रा गरेर बिताउने रहर हुन्छ । चाहे त्यो कामको सिलसिलामा होस या केही नयाँ कुराको बारेमा जान्न होस नयाँ ठाउँ जान र नयाँ मानिसहरुसँग भेट्नाले तपाइको जीवन बदलन सक्छ ।

साधारण सोच नराख्नेः शान्दार र सम्झौता बिनाको जीन्दगीमा अघि बढ्नको लागि साना कुराहरुमा अल्मलिनु हुँदैन । तपाई कुनै ठूलो कुराको लागी बन्नु भएको जस्तो लाग्छ भने त्यो भन्दा सानो कुराका लागि कहिले स्वीकृत नहुनुहोस ।

३० वर्षअघि माया र बिबाह हतारः यस उमेरमा हामी धेरै हर्मोन परिवर्तनहरुबाट गुर्जिने गछौँ । जस कारण हामी आफ्नो शरिरको नजरबाट सोच्ने गछौँ । र, कुनै प्रिय वा जीवन साथीको खोजीमा लाग्छौँ जसले जीवनमा एउटा दुघटना गराउने छ जसको यादमा तपाई पुरै जीवन बिताउनु हुने छ ।

परिस्थिती अनुसार भावनालाई सम्हाल्न खोज्नुहुने छ तर तपाईको पाटनरको परिस्थिती मध्ये तपाईले एउटा कुरालाई रोज्नु पर्ने हुन्छ । यस्तो अवस्थामा खुल्ला दिमागदले सोचनुस र आफ्नो भबिष्यको इच्छालाई पाउने कोशिस गर्नुस् । आफ्नो जीन्दगीको दौडमा आफुलाई कहिले पनि कुनै परिस्थितीमा पछाडी नराख्नुस् ।

भोलिवादी नबन्नुः सधै भोलिवादी रुपमा अघि बढ्नु भविष्यलाई नष्ट गर्नु हो । भोलिका लागि काम राख्ने बानी परिवर्तन गर्नुस् । भोलिवादीले भोलिको जीवनलाई पश्चतापमा परिवर्तन गर्न सक्छ । २० वर्षको उमेरको अवधी भनेको उर्जासिल समय हो जुन समयमा तपाई आफ्नो जीवनलाई परिवर्तन गर्न सक्नुहुने छ । यस समयलाई केही महत्वपूर्ण काम गर्नमा लाग्नुस ।

आफ्नो शरिरलाई सम्हानुः यदी तपाई हरेक समय बेडमा सुतेर बिताउने गर्छुहुन्छ, बिमारी भैराख्नुहुन्छ वा थकित महसुस गर्नु हुन्छ भने ठूलो काम हातपार्न कहिलै सक्नुहुन्न । त्यसैले एक्सरसाइजको लागि समय निकाल्ने गर्नुस् । आफ्नो जीवनलाई स्वस्थ बनाउनुस् । किन की जब तपाइ आफ्नो ३० वर्ष पछिको उमेर सफलता र रमाइलोमा बिताउन चाहानुहुन्छ त्यो पल तपाईको स्वास्थ्यको कारण डामाडाले नबनोस् ।


क्लिकमान्डु