यसरी सिंगारिदै छन् काठमाडौंका ‘ट्राफिक आइल्याण्ड’



काठमाडौं । काठमाडौंका सडकलाई मर्यादित बनाउनका लागि निर्माण गरिएको ट्राफिक आइल्याण्ड काठमाडौं महानगरपालिकाले सजाउने काम गरिरहेको छ । महानगरले सहरलाई स्वच्छ, सफा र हरियो बनाउनका लागि आइल्याण्डमा दुबो, फूल र विरुवा रोपेर सजाउने काम गरिरहेको छ ।

महानगरले क्लिन द सिटी अभियान अन्तरगत आइल्याण्ड सजाउने काम गरिरहेको हो । सवारी साधनलाई मयादित तथा सडकलाई वातावरण मैत्री बनाउनको आइल्याण्डको निर्माण गरिएको थियो । तर, उचित रेखदेख हुन नसक्दा आइल्याण्ड अस्तव्यस्त बन्न पुगेको थियो ।

हाल महानगरले अस्तव्यस्त आइल्याण्डलाई व्यवस्थित बनाउने कार्य गरिरहेको छ ।

सडकमा उड्ने धुलो तथा धुँवाबाट आक्रान्त नगरबासीलाई राहत दिनका लागि आइल्याण्डलाई सजाउने कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

‘आइल्याण्ड सफा र स्वच्छ भएमा सडक सुन्दर देखिने छ, आइल्याण्डमा रहेने बोट विरुवाले धुँवा-धुला कम गर्न मद्दत गर्छ,’ कार्कीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु