न्यूरोड क्षेत्रमा जाडो भगाउने जुत्ता यस्ता आएछन् (मूल्य सुचीसहित)




काठमाडौं । काठमाडौंमा चिसो निकै बढिसकेको छ । चिसो बढेसँगै जाडो भगाउने जुत्ताको माग बढ्न थालेको छ भने ब्यापारीहरुले विभिन्न मूल्य मोडलका जुत्ता ल्याएर विक्री वितरण सुरु गरेका छन् ।

न्यूरोडका केही पसलहरुमा पुरुषहरुले लगाउने क्याजुअल जुत्तादेखि महिलाहरुले लगाउने लङ बुटसम्म बजारमा आइसकेको छ ।

कहाँ कस्तो सुज कति मुल्यमा पर्छ जानेर जान चाहानुहुन्छ भने हामी तपाइलाई केही जानकारी दिने छौँ । हामीले काठमाडौंका विभिन्न जुत्ता स्टोरमा रहेका महिला तथा पुरुषको जुत्ताहरुको मूल्यसुची यस्तो रहेको छ ।

काठमाडौं मलमा रहेको वेभ योंग कलेक्सनमा पुरुषले लगाउने १ हजार ३ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्ने जाडोका जुत्ताहरु छन् । प्राय जाडो महिनामा कन्भर्स सुज नै बढी व्यापार हुने गरेको व्यापारी योन्जन थापा बताउछन् ।

काठमाडौं मलकै ग्राउनड फ्लोरमा लेडिज सुज व्यापार गर्दा आएका मनिस सहगलको पसलमा भने १ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्मको सिम्पल जाडोको जुत्ता पाइन्छ । सो पसलमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने लेडिजका आकर्षक बुटहरु पनि विक्रीका लागि राखिएको छ ।

सगलका भन्छन् ‘तातोपानी नाका बन्द भएको कारण जाडोका सबै जुत्ताहरु आउन सकेको छैन ।’ उनी जाडो महिनामा प्रतिदिन ३० हजार रुपैयाँसम्म व्यापार हुने बताउछन् ।

यस्तै काठमाडौं मलमै रहेको इनलुक कलेक्सनमा ४ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जेन्स जुत्ताहरु व्यापारका लागि राखिएको छ । इनलुकका व्यापारी सुजनलाल श्रेष्ठ जाडो महिनाको समयमा प्रत्येक दिन ४० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको बताउछन् ।

खिचापोखरीमा रहेको ब्ल्याक एन्जल सुजमा लेडिजले लगाउने १ हजार ४ सय ५० रुपैयाँदेखि ३ हजार २ सय रुपैयाँसम्मको जाडोको जुत्ताहरु छन् । ब्ल्याक एन्जलका व्यापारी राजेन्द्र महर्जनका अनुसार पो पसलमा सबै जुत्ताको मूल्यमा २० प्रतिशतसम्म छुट छ ।

सुन्धरामा रहेको वाइ एन टी कलेकसनमा पुरुषले लगाउने १ हजार २ सय रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको जाडोका जुत्ताहरु छन् । व्यापारी दल बहादुर पाखरेलका अनुसार प्राय मानिसहरुले क्याजुअल र स्पोर्ट सुज किन्ने गर्छन् । जाडो महिनामा प्रतिदिन १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको पोखरेलको भनाइ छ ।

यस्तै खिचापोखरीमा रहेको गरली सुमा पुरुषले लगाउने ९ सय रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मको जाडोको जुत्ताहरु विक्रीका लागि राखिएको छ । विक्रेता कृष्ण प्रसाद ढुंगानाका अनुसार सो पसलमा जाडो महिनाको समयमा प्रतिदिन १५ हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।

खिचापोखरीमै रहेको गोसु लेडिज जुत्ता पसलमा ८ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्मको जाडोको जुत्ताहरु विक्री भैरहेको छ । गोसुकी बिक्रेता सेजिना ढुंगानाका अनुसार जाडोको समयमा प्रतिदिन ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।

राभिया कलेक्सनका व्यापारी चन्द्र राज रन्जितकारको गुनासो फरक रहेको छ । उनी भन्छन् ‘तातोपानी नाका बन्द भएका कारण जाडोका जुत्ता ल्याउन सकिएको छैन । दशैंको स्टक नै व्यापारका लागि राखिएको छ ।

सो पसलमा १ हजार ७ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्मका स्टकका जेन्स जुत्ताहरु रहेका छन् । जाडोको बेला प्रतिदिन १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको रन्जितकारको भनाइ छ ।

खिचापोखरिको स्विट गर्लस् लेडिज जुत्ता पसलमा १ हजार ५ सय रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्मको जाडोका जुत्ताहरु रहेको छ । सो पसलकी व्यापारी सर्मिला महर्जनका अनुसार ठाउँ ठाउँमा पसलहरु खुलेका कारण खासै व्यापार हुने गरेको छैन । जाडोमा उनी प्रतिदिन २५ हजार रुपैयाँसम्मको व्यापार गर्ने बताउछिन् ।

एफ थ्रि फुट फेसनमा जेन्सका १ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ताहरु विक्रीका लागि राखिएको छ । सो पसलका व्यापारी मिकी जोशीका अनुसार जाडोमा प्रतिदिन ३० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।


क्लिकमान्डु