प्रदेश नम्बर ५ मा वाम गठबन्धनको दुई तिहाई पुग्यो



काठमाडौं । प्रदेश नम्बर ५ मा एमाले र कांग्रेसले समानुपातिकमा १३/१३ सिट पाउने देखिन्छ । माओवादी केन्द्रले ६, फोरमले २ र राजपाले १ सिट पाउने देखिएको छ ।

प्रत्यक्षतर्फ सबै भन्दा बढि एमालेले २८, माओवादीले १४ र नेपाली काँग्रेसले ७ स्थान र संघिय समाजवादी फोरमले ३ स्थानमा जित निकालेका थिए ।

यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा प्रदेश ५ मा वाम गठबन्धनको ६१ सिट हुनेछ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सिट चाहिन्छ ।

प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसको समग्रमा २० सिट हुनेछ भने फोरमको ५ र राजपाको १ सिट हुनेछ । यो प्रदेशमा वाम गठबन्धनको २ तिहाई बहुमत पुगेको छ ।


क्लिकमान्डु