प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद पुस १६ गतेबाट



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई वितरण गर्नलागेको १ः०.३० अनुपात बराबरको हकप्रद सेयर अगामी पुस १६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै शो कुराको जानकारी दिएको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित १२ लाख ८३ हजार ४० कित्ता सेयर कम्पनीले आफ्ना सेयरधनीलाई बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धक एनआईसि क्यापीटल रहेको उक्त सेयर आगामी माघ २१ गतेसम्म आबेदन दिन सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु