मुक्तिनाथ विकास बैंकको ११ प्रतिशत ब्याजदर सहितको ट्रिपल टू ट्रिपल धमाका मुद्दती निक्षेप योजना



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा निक्षेपकर्ताहरुका लागि आकर्षक विशेषतासहितको ‘सुपरप्रिमियम बचत’ तथा ‘ट्रिपल टू ट्रिपल धमाका’ मुद्दती निक्षेप खाता संचालनमा ल्याएको छ ।

सो योजना अन्तर्गत न्यूनतम मौज्दात ५ हजारमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने छ भने २२२ दिने मुद्दती खातामा न्यूनतम १ लाख रुपैयाँमा वार्षिक ११.०० प्रतिशतले त्रैमासिक रुपमा ब्याज प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

साथै यस योजना अन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निशुल्क भिसा डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिङ तथा निशुल्क ईन्टरनेट बैंकिङ्ग प्राप्त गर्न सकिनेछ ।

यो योजना बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा संचालन गरिएको हुँदा पुस २ गतेदेखि सुरु भई सीमित अवधिको लागि मात्र लागु गरिने बताईएको छ ।

यो योजना अन्तर्गत व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु सहभागी हुन पाउने बैंकले जनाएको छ ।

बैंकले यहि पुस १९ गते आफ्नो स्थापनाको ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गर्दैछ ।


क्लिकमान्डु