११ अंकले घट्यो नेप्से, ५१ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०१ अंकले घटेको छ । नेप्से ०.७२ प्रतिशतले घट्दा १५०९ .१४ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता सेयर खरिद बिक्रि भएको छ । ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

होटल, उत्पादन मूलक र अन्य समूह बाहेक बैंकिङ समूह १२.७८, विकाश बैंक समूह १८.६२, बीमा समूह ८८.०७, माइक्रो फाइनान्स १२.४६, जलविद्युत समूह १६.६२, वित्तिय समूह ६.४८ र ट्रेडिङ समूह ९.३८ अंकले घटेका हुन् ।

होटल समूह १२.२९, उत्पादन मूलक समूह ३५.१ र अन्य समूह ८.६७ अंकले बढेका हुन् ।

बोट्लर्स नेपाल (तराई)का लगानीकर्ताले ८.३३ प्रतिशतले कमाइ गरेका छन् ।

कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.०९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु