फेसबुकमा कसैलाई अस्थाई ब्लक गर्नु परे यसो गर्नुस्



काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ स्नूज फिचर ल्याएको छ । फेसबुकका २ अर्ब भन्दा बढी प्रयोगकर्ताले कुनै व्यक्ति, पेज या ग्रुपलाई अस्थायी रुपमा ३० दिनसम्मका लागी अनफलो गर्न पाउने छन् ।

यस फिचरको प्रयोगबाट फेसबुक प्रयोगकर्ता आफ्ना साथी, पेज या कुनै पनि ग्रुपलाई केही समयका लागि मात्र अल्पकालिन ब्रेक लिन सक्ने छन् ।

फेसबुकको प्रडक्ट म्यानेजरले एक ब्लगमा भनेका छन् ‘के तपाई आफ्नो कुनै अंकलको घर पालुवा जनावरको धेरै फोटो हेरी रहनुभएको छ ? या तपाईको कुनै साथीको जापान ट्रिपको फोटो हेर्दा हेर्दा दिक्क हुनु भएको छ ? त्यसो हो भने तपाई स्नूज फिचर मार्फत सजिलै ती व्यक्ति वा उनीहरुको पेजलाई केही समयको लागी म्यूट गर्न सक्नुहुने छ ।’

यो फिचर अहिले फेसबुकमा रहेको हाइड वा अनफलो अप्सन जस्तै हो । तर, यो फिचर अस्थायी समयको लागी मात्र हुने छ । जुन व्यक्ति, पेज वा ग्रुपलाई तपाई अनफलो अर्थात स्नूज गर्नु हुनेछ । उनीहरुलाई यसबारेमा नोटिफाइड समेत नगर्ने फेसबुकले जनाएको छ ।

यस्तै म्यूट एक्सपायर हुने समयमा यस्को प्रि जानकारी प्रयोगकर्ताले सुरुमै पाउने छन् । यसँगै प्रयोगकर्ताहरुले फेरी स्नूज गर्ने अर्थात् म्यूट गर्ने मौका पाउने छन् ।


क्लिकमान्डु