दैनिक १ रुपैयाँभन्दा कम बचतमा एशियन लाईफ इन्स्योरेन्सबाट जीवन बीमा गर्न सकिने



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्समा दैनिक १ रुपैयाँभन्दा कम बचतमा जीवन बीमा गर्न सकिने भएको छ । इन्स्योरेन्सले कम आय श्रोत भएका व्यक्तिहरुलाई लक्षितगरिे ‘जन कल्याण’ (म्यादी जीवन बीमा योजना) सुरु गरेको हो ।

यस योजनामा सहभागि हुनका लागि बार्षिक २ सय २३ रुपैयाँ बचत गर्नु पर्ने इन्स्योरेन्सले जनाएको छ । योजनामा १६ बर्षदेखि ६४ बर्षका बीमितले बार्षिक २ सय २३ रुपैयाँ बचत गरेर १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् ।

बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ ।

यस्तै, दुर्घटनामापरी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिन्छ ।

इन्स्योरेन्सले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट बीमा सेवा दिदैं आएको छ ।


क्लिकमान्डु