के तपाईलाई थाहा छ ? स्मार्ट फोनमा यसरी बनाउन सकिन्छ ‘रिसाइकल विन’



काठमाडौं । कम्प्यूटरमा यदी झुक्कीयर केही डिलिट भयो भने त्यसलाई रिसाइकल बिनमा गएर फेरी रिस्टोर गर्न सकिन्छ । तर, स्मार्टफोनमा केही डिलिट भयो भने त्यसलाई फेरी रिस्टोर गर्न सकिदैन । यसको लागिसमेत उपाए निस्केको छ ।

आफ्नो फोनमा Dumpster र ES File Explorer कुनै पनि एउटा एप डाउनलोड गर्नुहोस् । जसको प्रयोग पछि तपाई आफ्नो स्मार्टफोनमा कम्प्यूटरमा जस्तै रिसाइकल बिन बनाउन सक्नुहुने छ ।

यहाँ हामी तपाइलाई Dumpster को प्रयोग गर्ने तरिका सिकाउन जादै छौँ ।

१. सबैभन्दा पहिला गूगल प्ले स्टोरमा गएर Dumpster लाई डाउनलोड गर्ने र स्टल गर्ने । त्यसपछि एपलाई खोल्नुहोस् एउटा एपको डेमो देख्न सक्नु हुनेछ । यसलाई ओके गरेपछि तपाईको फोनको लागि रिसाइकल बिन तयार हुने छ । यसमा तपाईलाई स्टोरेज परमिसन पनि मागिने छ त्यसमा ओके गर्नुहोला ।

२. अब जतिखेर तपाईको मोबाइलबाट केही फोटो डिलिट हुनेछ त्यो त्याहाँ गएर बस्नेछ । त्यसलाई तपाई आवस्यकता अनुसार त्यहाँबाट रिस्टोर पनि गर्न सक्नुहुने छ ।

३. यस एपमा टाइम पनि सेट गर्न सकिने छ । जसमा धेरै दिन भए पछि पुरानो फाइल पूर्णत मेटाउन सकिन्छ । यदी तपाईले यस एपलाई गोप्य राख्न चाहनुहुन्छ भने यसमा पासवर्ड पनि सेट गर्न सक्ने सुबिधा रहेको छ ।


क्लिकमान्डु