बजारमा निरासा छाउँदा पनि किन गुल्जार छ बीमाको सेयर कारोबार ?




काठमाडौं । केही सातादेखि लगातार घटेको पुँजी बजार मापक नेप्से परिसुचक घट्ने क्रम हिजो आइतबारसम्म रोकिएको छैन । घटेकै छ । घट्दो बजारमा बीमा कम्पनीका लगानीकर्ताले पनि गुमाएका छन् ।

आइतबार बीमा समुहको सुचक ८३.९ अंकले घटेको थियो । नाफा धेरै खाएको भन्ने आरोप लाग्ने गरेका बाणिज्य बैंकहरुको सेयर मूल्य २ सय रुपैयाँभन्दा पनि सस्तो भइसकेको बेलामा पनि अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य भने चार अंक अर्थात हजार रुपैयाँभन्दा बढी नै रहेको पाइएको छ ।

बीमा कम्पनीहरुको सेयर मूल्य बढी हुनुको कारणहरुमध्येमा कम्पनीको चुक्ता पुँजी बृद्धि पनि एउटा प्रमुख कारण हो । बीमा समितिले आगामी आर्थिक बर्षको असार मसान्तसम्ममा जीबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ ।

यही ब्यवस्थाको कारण पनि बीमा कम्पनीहरुमा अझै पनि लगानीकर्ताको आकर्षण देखिन्छ । बीमा कम्पनी र बाणिज्य बैंकहरुले दिने प्रतिफल भने करिब उस्तै ।

आइतबार एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेर १ हजार ३ सय ७२ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

एभरेस्ट इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ४५ रुपैयाँले घटेर २ हजार ३ सय ७५ रुपैयाँमा कारोबार बन्द भएको छ । यस्तै गुरास लाईफ इन्स्योरेन्सको मूल्य १९ रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँमा पुगेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको मूल्य २४ रुपैयाले घटेर १ हजार २१ रुपैयाँमा कारोबार बन्द भएको छ भने लाइफ इन्स्योरेन्सको नेपालको मूल्य ३ रुपैयाँले घटेर १ हजार ९ सय १७ रुपैयाँमा पुगेको छ ।

लुम्बिनी जनरल इन्स्स्योरेन्सको मूल्य भने ६ रुपैयाँले बढेर ६ सय ५ रुपैयाँमा कारोबार बन्द भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्सको मूल्य १७ रुपैयाँले घटेर १ हजार ५ सय ३० रुपैयाँमा झरेको छ ।

नेको लाइफ इन्स्योरेनसको मूल्य ६ रुपैयाँले घटेर ८ सय २४ रुपैयाँमा पुगेको छ भने नेपाल इन्स्योरेन्सको मूल्य १२ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार बन्द भएको छ ।

यही ब्यवस्थाको कारण पनि बीमा कम्पनीहरुमा अझै पनि लगानीकर्ताको आकर्षण देखिन्छ । बीमा कम्पनी र बाणिज्य बैंकहरुले दिने प्रतिफल भने करिब उस्तै ।

नेपाल लाईफ इन्स्योरेन्सको मूल्य ३० रुपैयाँले घटेर १ हजार ७ सय २१ रुपैया पुगेको छ भने एनएलजी इन्स्योरेन्सको मूल्यमा भने कुनै घटबढ भएको छैन । यो कम्पनीका सेयर आइतबार पनि प्रतिकित्ता १ हजार ३ सय ७१ रुपैयाँ कारोबार भएको छ ।

प्रभु इन्स्योरेन्सको मूल्य ६ रुपैयाँले घटेर ७ सय ९८ रुपैयाँमा झरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्सको मूल्य १४ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको मूल्य २९ रुपैयाँले घटेर १ हजार ७ सय २१ रुपैयाँमा पुगेको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य ६ रुपैयाँले झरेर ७ सय ९४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

सगरमाथा इन्स्योरेन्सको मूल्यमा पनि हिजो कुनै घटबढ भएको छैन । सगरमाथाको सेयर मूल्य १ हजार ३ सय ४० रुपैयाँ रहेको छ । यस्तै शिखर इन्स्योरेन्सको मूल्य ३८ रुपैयाँले घटेर १ हजार १ सय ५२ रुपैयाँमा झरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार १५ रुपैयाँ पुगेको छ । यस्तै सूर्य लाइफ इन्स्योरेन्सकोे मूल्य १४ रुपैयाँले घटेर ९ सय २६ रुपैयाँमा कारोबार बन्द भएको छ । यूनाइटेड इन्स्योरेन्स मूल्य १३ रुपैयाँले घटेर १ हजार १ सय ४७ रुपैयाँमा कारोबार बन्द भएको छ ।


क्लिकमान्डु