यी १० उपायको प्रयोगले तपाईलाई नयाँ व्यवसायमा सफल बनाउँछ



काठमाडौं । यदि तपाई आफ्नै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाई त्यो व्यवसाय कसरी सफल बनाउने भन्ने खोजमा पक्कै हुनु हुनेछ ।
तपाईका लागि हामीले केही उचित उपायहरुको खोज गरेका छौँ । जसको सहयोगले तपाई सजिलै आफ्नो नयाँ व्यवसायको सुरुवात गर्न सक्नुहुने छ ।

व्यवसाय सुरु गर्ने इच्छा र सोच सबै मानिसमा हुन्छ नै तर, व्यवसाय भनेको मानव जीवनको प्रक्रिया जस्तै हुन्छ भन्नेकुरा सबैभन्दा पहिला बुझ्नु पर्छ । आफ्ले सुरुगरेको व्यवसायलाई सफल बनाउन यी उपायहरुको प्रयोग भने गर्नै पर्छ ।

लक्ष्य र बहानाः सबैको एउटा न एउटा लक्ष्य हुने गर्छ । तर, हामी ती लक्ष्यहरुलाई पारिवारिक जीवन, धेरै पैसाको आवश्यक, खर्च र उपयुक्त समयको अभाव जस्ता बहाना बनाएर टार्ने गर्नु हुन्छ । ती सबै कुरालाई भुलेर तिनीहरुको उपायको बारेमा सोचनुस् ।

सबै भन्दा ठुलो कुरा सोच र हिम्मत हो । आफै व्यवसायी बन्नको लागि सुरुमा थोरै पैसाले भएपनि सानो व्यवसायको सुरुवात गर्नुहोस । घाटा नाफाको सोचलाई एकै छिन आफुबाट टाडा राख्नुस् । आफ्नो प्रगती र आफ्नो व्यवसाय सफल हुन्छ भन्ने सकरात्मक सोच बनाउँनुहोस् ।

अरुका कुरालाई ध्यान दिनुहोस्ः साथी, परिवार, वुद्धिजिवी र उपभोक्ताको कुरा सुन्नुहोस् । जब आफ्नै व्यवसायको कुरा आउँछ तपाई आफ्नो मनको कुरा त सुन्ने गर्नुहुन्छ नै । त्यसैसँग अरुले भनेका र दिएका सल्लाहहरुलाई पनि एउटा उपायको रुपमा अपनाउनुहोस । आफुले सुरु गर्न लागेको व्यवसायका हरेक कुरालाई एउटा पानामा मात्र भएपनि लेख्ने गर्नुहोस् ।

आफ्नो सोचको बारेमा अरुलाई पनि सुनाउनुहोस् । उनीहरुले भन्न खोजेको तर्कलाई बुझने कोसिस गर्नुस् । मानिसहरुको तर्क र प्रोत्सान तपाईको सानो व्यवसायको लागि धेरै महत्वपूर्ण हुन सक्छ ।

समस्या पर्दा नआतिनुस्, समाधानको खोजमा लाग्नुसः के बेच्ने या कसो गर्नेको सोचमा लाग्नु भन्दा कसरी गर्ने भन्ने विषयमा लाग्नुस् । उपभोक्ता बनाउन धेरै सजिलो छ तर, व्यवसायीक समस्याको समाधान पाउन उत्तिनै मुस्किल हुने गर्छ । सुरुवातमा तपाईको व्यवसाय थोरै तल झर्न पनि सक्छ ।

कुनै पनि कुरालाई परिवारसँग नलुकाउनुहोस् । आफुले गर्न आटेको कुराको बारेमा आफ्नो घरमा या कुनै मनमिल्ने मान्छेलाई भन्नुस् । यसले तपाइलाई र तपाइले सुरु गर्न आटेको व्यवसाय सुरु गर्नलाई मदत् पुग्छ । आफुले गर्न आटेको व्यवसायमा आउने समस्याहरुको बारेमा पनि जानकारी लिने र त्यसको समाधानको खोजी गर्ने गर्नुहोस् ।

कामलाई सहज रुपमा लिने गर्नुहोस्ः यदी तपाई व्यवसायीक परिवारबाट नै हुनुहुन्छ र नयाँ व्यवसाय सुरु गर्ने धेरै उपायहरु तपाइसँग छ भने हतार नगर्नुहोस । तपाईको सोच र उपायलाई एकैछिनको लागि मात्र नभइ पछिसम्म पनि निरन्तरता दिने गरी र आफ्नो लगानी खेर नजाने गरी सोच्नुहोस् ।

एउटा नयाँ व्यवसाय सञ्चालन गर्न सुरुमा सानो व्यवसायको सुरुवात गर्नुहोस् । आफुले बनाएका व्यवसायका उपायहरु उचित रुपमा लागुहुन्छ की हुन्न भनेर केही सिक्ने कोसिस गर्नुहोस् । एउटा सानो र गुणस्तर उपभोक्ता बनाउन तिर लाग्नुहोस् । एउटा सफल व्यवसायीले आफ्ना उपभोक्ताको अपेक्षालाई पुरा गर्ने कोसिस गर्नुपर्ने हुन्छ ।

अनावस्यक खर्चलाई रोक्नुहोस् । जसरी आफ्नो व्यवसाय बढ्दै जान्छ त्यहि अनुरुप आफ्नो व्यवसायलाई ठूलो बनाउनु उचित हुन्छ ।

हरेक खर्चको टिपोट बनाउनुसः व्यवसाय सुरु गरेपछि आफ्नो व्यवसायमा हुने हरेक खर्चलाई ध्यानमा राख्ने गर्नुस् । आफ्नो बजेट अनुसारनै ठाउँ, भाडा, सामाग्री र बजार जस्तो कुरालाई ध्यानमा राख्नुपर्ने हुन्छ ।

सुरुमा १ पटकलाई घाटा भएपनि अर्को पटक भने त्यसमा घाटा नखाइ अघि बढ्न सक्छु भन्ने हिम्मत र त्यसलाई निरन्तरता दिन सक्ने बजेटको सोचले मात्र अघि बढ्नु होस् । एक पटकलाई नाफा भयो भन्दैमा त्यसलाई धेरै खर्च नगरी अर्को पटकको समस्याको लागि तयार भएर बस्नुहोस् ।

सधै आफुलाई सुन्यमा राख्नुहोस्ः एउटा व्यवसायीले आफुलाई सुन्य स्थानमा देख्न सक्नु पर्छ । अफुलाई सुन्य स्थानमा देखि त्यसलाई उच्च स्थानमा निरन्तरताका साथ लानसक्ने व्यवसायी नै एक सफल व्यवसायी मानिने गरिन्छ ।

एउटा व्यवसाय खोल्नु व्यवसायीकै लागि ठूलो कुरा होइन । तर, एउटा व्यवसायलाई निरन्तर ५ वर्षसम्म सञ्चालन गर्नसक्नु महत्वपूर्ण कुरा हो ।

आम्दानीलाई लगानी गर्दै जानुस्ः आफ्नो व्यवसायलाई स्टेप वाइ स्टेप बढाउदै लाने गर्नुस् । नयाँ व्यवसायी भएकोमा तपाईको कमाइ चाडै देखापर्न गाह्रो हुन्छ । आफ्नो कामलाई सम्मान गर्नुस र काम सकिएपछि पनि आफ्नो कामलाई गहन रुपमा लिने गर्नुहोस् । एक पटक आफ्नो व्यवसायलाई स्वस्थ व्यवसायको रुपमा लान सक्नुभयो भने त्यसलाई राम्रोसँग अघि बढाउन तपाईलाई सहज हुनेछ ।

आफ्नो व्यवसायको चर्चा गर्ने गर्नुसः एउटा व्यवसायीले सबैलाई आफ्नो व्यवसायको बारेमा खबर गर्नुपर्ने हुन्छ । यसलाई एकै पटक सबैतिर नभए पनि आफुले चिने जानेका मानिसहरु मार्फत छर्न सकिन्छ । यसले तपाईलाई आफ्नो व्यवसायको लागि बजेट र उपभोक्ता जुटाउन सजिलो हुन्छ ।

केही नभए आफ्नो साथि भाइलाई आफ्नै कम्पनीमा बोलाउने र गफ गर्ने गर्नुस । यसलाई एउटा विज्ञापनको रुपमा नेटवर्किङमा लाग्नुहोस । यसले तपाईको व्यवसायको बारेमा अरुले जान्ने मौका पाउने छन् ।

व्यवसायको नीतिको बारेमा जानकारी राख्नुहोस्ः व्यवसाय सुरु गर्नु भनेको एउटा अन्त्य जस्तै हो । हरेक कुरामा एउटा नीति नियम हुने गर्छ । एउटा व्यवसाय सुरु गरेपछि व्यवसायको केही नीतिहरु जानिराख्नुहोस् ।

आफ्नो व्यवसायलाई दर्ता गर्नुस् । आफ्नो ट्याक्स नियमित बुझाउने गर्नुस् । यसले गर्दा तपाइको व्यवसायमा नीतिगत कुराहरुको समस्या आउने छैन । हरेक व्यवसायको आफ्नै खालको नीति नियमहरु हुने गर्छन् त्यसलाई पालना गर्नु पर्ने हुन्छ ।

चाहना र सन्तुलन राख्न सक्नुपर्छः व्यवसाय सुरु गर्नको लागि त्यसमा जतिनै चाहना भए पनि सन्तुलनको आवश्यक रहन्छ । व्यवसायमा चाहाना राखेको मान्छेले त्यसलाई बजेट र खर्चको सन्तुलित बनाएर लान सक्नुपर्छ ।

आफ्नो चाहनाको आधारमा मात्र कुनै निर्णय लिने गर्नुहुन्न । चाहनासँगै तपाईमा त्यसलाई अघि बढाउने ज्ञानको पनि आवश्यता हुने गर्छ ।


क्लिकमान्डु