सन् २०१७ नेपाली पर्यटनको लागि कोषेढुङ्गा, कुन वर्ष कति पर्यटक आए ?



काठमाडौं । सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए ।

सन् २०१७ मा गत वर्ष भन्दा १ लाख ८७ हजार २ सय १६ पर्यटक बढी आएका हुन । जुन सन् २०१६ को २४ प्रतिशतले बढी हो । सन् २०१८ मा पनि यही बृद्धिदर जारी रहेमा १२ लाख हाराहारी पर्यटक नेपाल भ्रमणमा आउने छन् ।

‘स्थिर सरकार तथा आर्थिक मुद्दामा अव बन्ने सरकारले केन्द्रित गर्यो १२ लाख भन्दा बढी पर्यटक सन् २०१८ मा आउने देखिन्छ,’ होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले भने । नयाँ विमानस्थल तत्कालन तयार नभएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवस्थापन गरेमा पनि पर्यटक आगमनदर बढाउन सकिने दावी शाहको छ ।

यो संख्या नेपालको इतिहासमै सवैभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएको हन् । सन् २०११ मा १० लाख पर्यटक नेपाल भित्रिने लक्ष्य ६ वर्षपछि पुरा हुने चरणमा प्रवेश गरेता पनि पुरा हुन भने सकेन् ।

सवैभन्दा बढी मार्च महिनामा १ लाख ६ हजार २ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य पनि सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमण आउने बताउँछन् । ‘बार्षिक ३० प्रतिशतको बृद्धि गराउन सक्यौ भने सन् २०३० सम्ममा बार्षिक ५० लाख पर्यटक नेपाल भित्र्याउ सक्छौ,’ आचार्यले भने । जसको लागि सरकारले पूर्वाधारमा विशेष जोड दिन आवस्यक भएको उनको बुझाई छ ।

यस अघि सन् २०१२ मा ८ लाख ३ हजार ९२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता बढ्नु पर्नेमा पर्यटक घटेका थिए । भने सन् २०१५ मा भूकम्पका कारण पर्यटक आगमनमा ठूलो गिरावट आएको थियो । उक्त समयमा ५ लाख ३८ हजार पर्यटक मात्र नेपाल भ्रमणमा आएका थिए ।

अध्यागमन विभागले उपलव्ध गराएको तथ्यांक अनुसार सवैभन्दा बढी अक्टोबर महिनामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा १ लाख १२ हजार ४ सय ९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सवैभन्दा बढी भित्रिनेमा मार्च महिनामा १ लाख ६ हजार २ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका थिए । तेस्रोमा नोभेम्बर महिनामा ९९ हजार ८ सय ४ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपाल भ्रमणमा सवैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ मा भारतबाट १ लाख ६० हजार ८ सय ३२ पर्यटकले नेपाल भ्रमण गरेका छन्ु । त्यस्तैगरी दोस्रोमा चिनियाँले नेपाल भ्रमण गरेका छन् । १ लाख ४ हजार ६ सय ६४ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तैगरी तेस्रोमा अमेरिकन पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो वर्ष ७९ हजार १ सय ४६ अमेरिकन पर्यटकले नेपाल भ्रमण गरेका छन् । चौथोमा बेलायती पर्यटकले नेपाल भ्रमण गरेका छन् । बेलायतबाट ५१ हजार ५८ पर्यटक नेपाल आएका छन् भने पाँचौमा मा श्रीलंकन पर्यटकले नेपाल भ्रमण गरेका छन् । श्रीलंकन पर्यटकहरु यो वर्ष ४५ हजार ३ सय ६१ ले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१० देखि २०१७ सम्मको पर्यटक आगमन

सन् २०१० ६,०२,८६७
सन् २०११ ७,३६,२१५
सन् २०१२ ८,०३,०९२
सन् २०१३ ७,९७,६१६
सन् २०१४ ७,९०,११८
सन् २०१५ ५,३८,९७०
सन् २०१६ ७,५३,००२
सन् २०१७ ९,४०,२१८


क्लिकमान्डु