प्रभु लाइफ इन्स्योरेन्सले वीरगंजमा शाखा खोल्यो



वीरगन्ज । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वीरगन्जमा शाखा खोलेको छ ।
कम्पनीका संचालक सुभाष अमात्यले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे ।

कार्यक्रममा कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेले आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराए । कार्यक्रममा कम्पनीका बिभागिय प्रमुखहरु लगायत वीरगंजका प्रतिष्ठित महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका संचालक अमात्यले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं। जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ’उनले भने ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिनेछ।


क्लिकमान्डु