१.३ मिलियन डलर मूल्य पर्ने विश्वको सबैभन्दा महंगो भोड्का बोटल चोरी



काठमाडौं । विश्वको सबैभन्दा महंगो दाबी गरिएको भोड्का चोरी भएको छ । हालै डेनमार्कको एक भोड्का संग्रालयबाट विश्वको सबैभन्दा महंगो भोड्काको बोटल चोरी भएको हो ।

सो चोरी भएको घट्नाको बारेमा डेनिस प्रहरीले अनुसन्धान गरिरहेको छ । सो बोटल डेनमार्कको क्याफे ३३ बारमा राखिएको थियो जहाँ विश्वका सबैभन्दा महंगा रक्सीहरु संकलन गरेर राख्नका लागि चर्चित रहेको छ ।

चोरी भएको भोड्काको बोटलको मूल्य १.३ मिलियन अमेरिकी डलर रहेको बताईएको छ ।

सो भोड्को बोटललाई लात्भियामा आधारित कम्पनी डार्ज मोटेर्जबाट खरिद गरिएको क्याफे ३३ बारका मालिक ब्रायन इन्गबर्गले जानकारी दिएका छन् ।

सो भोड्काको बोटलको नाम रुसो बाल्टिक भोड्का राखिएको थियो । यसको बोटललाई सुन तथा चाँदिका साथमा महंगा रत्नहरुको प्रयोग गरेर बनाईएको थियो । त्यसको बिर्कोमा रसियाको इम्पेरियल इगल जस्तो थियो र त्यसमा हिराहरु जडिएको थियो ।

चोरी गर्ने व्यक्तिले सो क्याफेको साँचो फुटाएको थियो वा सो व्यक्तिसँग साँचो थियो भन्ने स्पष्ट हुन नसकेको प्रहरीलाई उदृत गर्दै जानकारी दिईएको छ । एजेन्सी


क्लिकमान्डु