सगरमाथा इन्स्योरेन्सको नाफा साढे ३३ प्रतिशतले बढ्यो, बोनस र हकप्रद बाट १ अर्ब पूँजी पुर्याउने



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको खूद मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २७ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा २६.७० प्रतिशतले व्यवसाय वृद्धिगरि १ अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ ।

चालू आर्थिक बर्षको पुष २० गतेसम्म ८१ करोड ८८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन भईसकेकाले लक्षित प्रिमियम हासिल गर्न सफल हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको कुल लगानी १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख रुपैयाँ छ । नीर्जीवन बीमा कम्पनीलाई बीमा समितिबाट चालु आर्थिक बर्षभित्रमा चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउने निर्देशन जारिगरेको छ । चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्यानका लागि कम्पनीले गत बर्षको खुद मुनाफा तथा चालु आर्थिक बर्षको मुनाफाबाट एक मुष्ठ बोनस सेयर र नपुग रकम बराबर हकप्रद सेयर जारी गर्ने कुरा साधारण सभाबाट पारित गरेको छ ।

कम्पनीले चुक्ता पूँजी वृद्धि कार्य योजना बीमा समितिमा पेश गरिसेको कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताए । साथै, कम्पनीसँग १६ करोड ५३ लाख रुपैयाँ चालु आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न सक्ने बासलातमा सारेको उनले बताए ।

कम्पनीले ४३ वटा शाखा÷उपशाखा तथा ५ वटा एक्सटेन्सन कार्यालयहरु बीम सेवा दिँदै आएको छ ।


क्लिकमान्डु